नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

  • असोज २८, २०७७
  • २,४०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ असोज ः नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन भएको छ ।

नव गठित समितिको संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ चयन भएकाछन्

त्यसैगरी समितिको सहसंयोजकमा मोडल , चलचित्रकर्मी दिनेश कोइराला चयन भएकाछन् ।

त्यस्तै समितिको सदस्यमा धर्मेन्द्र आचार्य,भीम लामा,जतिन ताम्राकार ,माधब पौडेल खत्री,लेजिना सुवेदी,रेस्मा घिमिरे ,प्रवल दिप बिश्वास,नवीन सुब्बा,रेखा लिम्बू,गणेश राउत ,मिलन सुवेदी,हरि प्रसाद सुब्बा,मेघराज लिम्बू(गोपाल),श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य,ममता चौधरी,तुलसी घिमिरे रहेकाछन् ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाले कलाकार सबैको साझा भएको वताउदै कलाकारहरुको हक हितमा गठन हुने संस्थामा कुनै पनि राजनीति गर्न नहुने उल्लेख गरेका थिए ।

कार्यक्रमको सभापतित्व नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए ।

कार्यक्रममा महासंघका सल्लाहकार अशोक चेम्जोङ, प्रदेश १ निर्देशक समाजका उपाध्यक्ष ईन्द्र परियार , भिम लामा, मिना सिंगक, रेखा लिम्बू, जतिन ताम्राकार लगायत प्रदेश १ का चर्चित कलाकर्मी हरुको उपस्तिथि रहेको थियो ।

राजवंशी चलचित्रकर्मी संघ गठन
सो अवसरमा प्रवलदिप बिश्वासको अध्यक्षतामा गठित राजवंशी चलचित्रकर्मी संघका पदाधिकारीहरुलाई प्रमुख अतिथी रविन्द्र खडका लगायत अतिथीहरुले खदा तथा टीका लगाई वधाई दिएका थिए ।

१३ समिती सदस्य रहेको राजवंशी चलचित्रकर्मी संघका कार्यसमितिको, उपाध्यक्ष अमिता राजवंशी , सचीव विक्रम राजवंशी , सह सचीव मा बिष्णु प्रसाद राजवंशी, कोषाध्यक्ष शिल्पा बिश्वास ,सह कोषाध्यक्ष देवराज राजवंशी , सदस्यहरुमा कार्तिक राजवंशी , रमेश राजवंशी , उगेन राजवंशी , मनोज राजवंशी , गंगा राजवंशी , माला राजवंशी , पुजा राजवंशी रहेकाछन् ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic