ओली सरकारमा तीन मन्त्री थपिए

  • असोज २९, २०७७
  • १,९५७ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं २९, असोजः निकै लामो विवाद छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकाछन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन ।

ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेकाछन् । उनले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेकाछन् ।

मन्त्रीहरुको-नियुक्ति_विज्ञप्ति_2077-1-1489x2048 (1)

निकै चर्चामा रहेको सञ्चार मन्त्रालयमा पार्वत गुरूङलाइ नियुक्त गरेकाछन् ।

यस अघि विभिन्न व्यक्तिको चर्चा मन्त्री हुनेमा चलेपनि उनीहरु भने मन्त्रीहुन भने सकेनन् ।अर्थमन्त्रीमा सुुरेन्द्र पाण्डेको नाम चर्चामा रहेपनि ओलीका विश्वासपात्र मानिएका महासचिव विष्णुपौडेले अन्तत अर्थ मन्त्री वनेकाछन् ।

जर्नादन शर्माको निकै चर्चा चलेपनि उनीपनि मन्त्री वन्ने लिष्टबाट आउट भए ।चर्चामा नरहेका लिलानाथ श्रेष्ठ र पार्वत गुरुङ अचानक मन्त्री वन्न सफल भए ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकीथिइन ।

मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गरेका थिए ।

यता पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूखुशी निर्णय गरेको भन्दै नेकपाका नेता माधव नेपाल समूह भने असन्तुष्ट वनेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic