ओली सरकारमा तीन मन्त्री थपिए

  • असोज २९, २०७७
  • १,९२३ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं २९, असोजः निकै लामो विवाद छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकाछन् ।

प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन ।

ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेकाछन् । उनले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेकाछन् ।

मन्त्रीहरुको-नियुक्ति_विज्ञप्ति_2077-1-1489x2048 (1)

निकै चर्चामा रहेको सञ्चार मन्त्रालयमा पार्वत गुरूङलाइ नियुक्त गरेकाछन् ।

यस अघि विभिन्न व्यक्तिको चर्चा मन्त्री हुनेमा चलेपनि उनीहरु भने मन्त्रीहुन भने सकेनन् ।अर्थमन्त्रीमा सुुरेन्द्र पाण्डेको नाम चर्चामा रहेपनि ओलीका विश्वासपात्र मानिएका महासचिव विष्णुपौडेले अन्तत अर्थ मन्त्री वनेकाछन् ।

जर्नादन शर्माको निकै चर्चा चलेपनि उनीपनि मन्त्री वन्ने लिष्टबाट आउट भए ।चर्चामा नरहेका लिलानाथ श्रेष्ठ र पार्वत गुरुङ अचानक मन्त्री वन्न सफल भए ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकीथिइन ।

मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गरेका थिए ।

यता पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूखुशी निर्णय गरेको भन्दै नेकपाका नेता माधव नेपाल समूह भने असन्तुष्ट वनेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic