सांसदबाट राजीनामा दिने तयारीमा– वामदेव

  • असोज ३०, २०७७
  • १,६९४ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौ, ३० असोज ः शक्ति र सत्ता भन्दा बाहिर वस्न नसक्ने नेताको पदवी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ष्ट्रिय सभाको सदस्य भएको दुइमहिना पनि वित्न नपाउने राजीनामा दिने मनस्थितिमा पुगेकाछन् ।

राष्ट्रिय सभाको संसद भएर पहाडै खसाल्ने सपना वुनेका गौतमले महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने सपना मनभरी सजाएर संसद वनेका थिए ।

उनले अर्थ या गृह मन्त्री वन्ने खुवाप देखेका थिए । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले महासचिव विष्णुपौडेललाई अर्थ मन्त्री नियुक्त गरेपछि गौतमको सपनामा तुषारापात भएको छ ।

गौतमले गृहमा समेत आखा लगाएका थिए त्यसमा पनि रामबहादुर थापालाई नहटाउने संकेत वुझेपछि गौतम राष्ट्रिय सभाबाट राजीनामा दिने मनासायमा पुगेको स्रोतको दावी रहेको छ ।

उपप्रधानमन्त्री इश्वर पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी लगिएपछि झन गौतमलाई थप तनाव भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेलले ईश्वर पोखरेललाई बधाई दिदै मन्त्रिपरषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गरेको उल्लेख गरेका छन्। सरकारमा ओलीको सम्पूर्ण काममा ईश्वर पोखरेलले सहयोग गर्ने देखिएको छ ।

उनले अदालतमा विचाराधीन मुद्दा जितेरै आएपनि सरकारमा जाने ठाउँ खाली छैन । उनले चाहेको अर्थमन्त्री छिमेकी विष्णु पौडेलले पाइसके ।

वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले असोजको पहिलो साता वामदेवविरुद्ध हालेको मुद्दाको किनारा लागेको छैन ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईले तत्कालका लागि वामदेव सरकारमा जान नमिल्ने गरी अन्तरिम आदेश जारी गरेका छन् ।

यो मुद्दा हेर्न गठित संवैधानिक इजलाशले दशैंयता किनारा नलगाउने निश्चित भइसकेको छ । मुद्दा तामेलीमा राखेर वामदेवलाई रोकेको रोक्यै बनाइनसक्छ ।

वामदेव ओली सरकारमा मात्र नभई यो प्रतिनिधिसभा कार्यकालमा उपप्रधानमन्त्रीसहित अर्थ या गृहमन्त्री बन्न नपाउने निश्चितप्रायः भएको छ । यसकारण उनका लागि राष्ट्रियसभा सदस्य पद नै घाँडो हुनसक्छ । उनले राष्ट्रियसभाको मनोनित सांसद पदबाट राजीनामा दिए आश्यर्च नमाने हुनेछ ।

यतिवेला नेकपामा उपाध्यक्ष गौतम अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको फुटवल वनेकाछन् ।

पछिल्ला जसरी पनि संसद हुन खोज्नुले उनको राजनीतिक कार्यकर्तावीचमा साख गुम्दै गएको छ । हक्की र साहसी नेताको उपमा पाएका गौतम पद हत्याउने विभिन्न खाले चंगुलमा फसेपछि भने दिनप्रतिदिन कार्यकर्तावीचमा अलोकप्रिय वन्दै जान थालेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic