आज घटस्थापना, घरघरमा जमरा राखिँदै

  • कार्तिक १, २०७७
  • ३१२ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन ।

पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ ।

हिन्दू नेपालीहरुको महान चाड विजयदशमी ९बडा दशैं०को पहिलो दिन घरघरमा जमरा राखिन्छ ।

शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ ।

दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बताइएको छ ।

आश्विन शुक्लपक्षको प्रतिपदा तिथि अर्थात् आजकै दिनदेखि नवरात्र प्रारम्भ हुन्छ । यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रुपमा लिइन्छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याएर जमरा राखिन्छ ।

जमरा राख्नु पहिले पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन पनि छ ।
यस वर्ष घटस्थापनाको साइत शनिवार बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic