तितेपातीको प्रयोग गर्नुस्, पुग्छ नसोचेको फाइदा

  • कार्तिक १, २०७७
  • ७९९ पटक पढिएको
  • छाल खबर
alt

तपाईले तितेपाती देख्नु भएको होला । होचो विरुवामा तितेपातीको नामबाट नै यस्तो स्वादबारे थाहा हुन्छ । तर त्यो तितो भित्र धेरै औषधिय गुण रहेको पाइन्छ । तितेपातीलाई औषधिको राजा मानिन्छ ।

तीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् ।

– यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘आर्टिमिसिया भल्गरिस’ हो ।
– चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले यस वनस्पतिबाट स्यानिटाइजर बनाएर प्रयोगमा पनि ल्याएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलोपटक तितेपातीबाट स्यानिटाइजर तयार पारिएको दाबी विश्वविद्यालयको छ ।
– तितेपातीबाट बनेको औषधि मलेरिया निको पार्न उपयोगी भएको अनुसन्धानका लागि सन् २०१५ मा चिनियाँ वैज्ञानिक चु योयोले ‘फिजियालोजी ९मेडिसिन०’तर्फको नोबेल पुरस्कार जितिन् ।
– बाली भित्र्याउनुअघि यसबाट बनेको औषधि छर्केर भण्डारण गर्दा घुनलगायत किराले दुःख नदिने हुनाले किसानका लागि यो निकै उपयोगी छ ।
– युरिक एसिड, एलर्जी, डिप्रेसन, निद्रासम्बन्धी समस्या निराकरणका लागि पनि यो उपयोगी मानिन्छ ।
– तितेपातीको तेलबाट हाड दुखाइ, चिलाउने, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने वनस्पतिविज्ञहरूको दाबी छ । अत्तर बनाउन पनि यसको प्रयोग हुन्छ।
– लुतो निको पार्न र चोट लाग्दा पनि यसको पात माडेर झोल निकाली प्रयोग गरिन्छ । चर्मरोग र सुन्निएको ठाउँमा पनि तितेपाती उपयोगी मानिन्छ ।
– तितेपाती कुटेर पानीमा राखी नुहाउनाले कपालको चाया हराउँछ । यसलाई पानीमा उमालेर दुखेको, ठोक्किएको ठाउँमा सेक्नाले आराम मिल्छ ।
– यसको जराको पाउडर बनाई बिहान मनतातो पानीमा एक–एक चम्चा खाँदा जुका र चुर्ना स्वतः हराउँछन् । मधुमेहका बिरामीले पनि त्यस्तो पाउडर राति सुत्ने वेलामा पानीमा घोलेर एक सातासम्म खाँदा फाइदा गर्छ ।
– बाथ, पित्त र त्रिदोषजस्ता रोग नियन्त्रणमा पनि यो निकै उपयोगी साबित भएको छ ।
– महिनावारी गडबड हुने समस्या समाधानमा पनि यो उत्तम औषधि हो । तर, गर्भवतीले यसको प्रयोग गर्नुहुँदैन ।
– यसको जुस ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्‍याउँछ ।
– तितेपातीको तेल मस्तिष्कको स्वास्थ्यका लागि राम्रो मानिन्छ । कसैलाई नर्भस हुने समस्या छ भने तितेपाती र रोजमेरीको तेल मिसाएर प्रयोग गर्नाले समस्या हराएर जान्छ ।
– राइस प्यान केक, स्टिम बन, स्पिरिङ स्न्याक्स, डाइसुकु, दुनोट, डिमसमजस्ता कोरियाली परम्परागत खानामा यसको प्रयोग हुन्छ ।
– रसुवाको उत्तरगया गाउँपालिकास्थित ठूलोगाउँमा गत वर्षदेखि तितेपातीको तेल उत्पादन सुरु गरिएको छ ।
– युरोपमा यसलाई एक ‘कमन हर्ब’का रूपमा खानामा प्रयोग गरिन्छ । विभिन्न सुप, स्टु र सलादमा तितेपातीको फूल, पात र डाँठ पनि प्रयोग गरिन्छ । मासुका परिकारमा पनि मसलाको रूपमा यसको प्रयोग हुन्छ ।फ्याटी एसिड कम र भिटामिन सी पर्याप्त हुने हुँदा स्वास्थ्यका लागि यो लाभदायक मानिन्छ ।

– तितेपातीबाट लस्सी ९स्मुथी० र जेल्ली पनि बनाइन्छ । युरोपेली मुलुकका नागरिकले मसरुम सुपमा तितेपाती मिसाउँदा चाख दिएर पिउँछन् ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic