नेकपा तथा पूर्व राप्रपा परित्याग गरी ९२ जना कांग्रेस पार्टीमा प्रवेश

  • कार्तिक २, २०७७
  • ४,७१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ कार्तिक ःधनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको संगठन विस्तार तिव्र गतिमा हुन थालेको छ ।

सोहीक्रममा नेपाली कांग्रेस सांगुरीगढी वडा नं ८ वडा कार्य समितिले शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा राजकुमार राई, पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना नेका पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश क सभापति जितेन्द्र राईे जानकारी दिएकाछन् ।

कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि कमोठ फागोले नेपाली कांग्रेसको नेतृत्वमामा मात्र देशमा बिकासको लहर आउने बताउनु भयो साथै हलको सरकारले जनतलाई अश्वासन बहेक अरु केहिदिन नसकेको समेत बताएका थिए ।

उक्त कार्यक्रममा जिल्ला कोषाध्यक्ष दिनेश राई, , आमन्त्रित जिल्ला सदस्य प्रिति राई, नेपाली कांग्रेस सांगुरीगढी सभापति एवं वडा नं ६ अध्यक्ष यमप्रकास मगर, नेविसंघ जिल्ला अध्यक्ष बालानन्द दाहाल, तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङले लगायतले शुभकामना तथा नव प्रबेशीहरुलाई स्वागत गरेका थिए ।

सागुरीगढी वडा न ८ नेपाली कांग्रेस पार्टी सभापति प्रकाश राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।यस अघि पनि केही वडाहरुमा विभिन्न पार्टी परित्याग गरी नेकामा प्रवेश गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic