प्रहरी हत्याकाण्ड स् घटनामा संलग्न सात जना सार्वजनिक घरेलु हतियार र कोदालो प्रहार गरी हत्या

  • कार्तिक ४, २०७७
  • १,३४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ कार्तिक ःकैलालीको धनगढी उपमहानगरपालिका( २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न हुनेमा धनगढी उपमहानगरपालिका( १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।

घटनाको अनुसन्धानको सिलसिलामा १६ जना पक्राउ गरेको र तीमध्ये सात जनाले संलग्नता स्वीकार गरेका छन् । घटनामा अन्यको पनि संग्लनता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतसँग जोडिएको जुगेडामा लामो समयदेखि चोरीरतस्करी हुँदै आएको थियो ।

गएको शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसमेत रहेका बिक र प्रहरी जवान बेपत्ता भएका थिए । राति पटकपटक सम्पर्क गर्दासमेत फोन नउठेपछि उनीहरूको खोजी थालिएको थियो ।

खोजी गर्ने क्रममा असई बिकको शव आइतबार बिहान नेपाल(भारत सीमास्थित मोहना नदीमा घाँटीमा धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरी जवान साउँद बिकको शव फेला परेको स्थानबाट २ सय मिटरमाथि मोहना नदीमै फेला परेको थियो।

तस्करहरूको समूहले योजनावद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो प्रहार गरेर हत्या गरेको खुलेको छ ।

शनिबार राति करिब ८ बजेतिर असई बिक र जवान साउँद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic