बाबुरामलाई जसपाको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय

  • कार्तिक ४, २०७७
  • २,४२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ कार्तिक ः जनता समाजवादी पार्टी नेपालले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ ।

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि बुधबार पत्रकारसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए ।

यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड ( १९) रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।

यस्तै पार्टीका सांसदहरूले चाडपर्वमा कुनै पनि भत्ता नलिने र भत्तास्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्तासमेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic