वीपीमा हुने गरेको लापरवाही र उपचार सेवाबारे संघीय,प्रदेश सांसदहरुको चासो

  • कार्तिक ७, २०७७
  • २,६५९ पटक पढिएको
  • छाल खबर
alt

धरान,७ कार्तिक ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको उपचारका क्रममा हुने गरेको लापरवाहीका विषयमा जनगुनासो आउन थालेपछि धरान क्षेत्रका प्रदेश संसदहरुले प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेकाछन् ।

शुक्रवार भएको छलफलमा सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरु छलफलमा सहभागी रहेका थिए ।

उनीहरुले अस्पताल र प्रतिष्ठानको उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् ।

नेकपा स्थायी कमिटि सदस्य, प्रदेश १ इञ्चार्ज तथा सुनसरी क्षेत्र नं १ (ख) का प्रदेश संसद समेत रहेका भिम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल व्यवस्थापनमा भएका समस्याका विषयमा छलफल गरिएको र प्रतिष्ठानले सुधार गर्ने प्रयत्न गरिरहे पनि उपलव्धी भने आइनसकेको उल्लेख गरेका थिए ।

सांसद आचार्यले कोभिड अस्पताल १ सय बेडको भएपनि अक्सिजन पाइपको अभावले ५५ बेड मात्र काम गरिरहेको जानकारी आफूहरुले पाएको बताए ।

छलफलमा ५ दिनभित्र थप ३० बेडमा पाइप पुर्याउने र १५ दिनभित्र सम्पुर्णमा पाइप जडान गरिसक्ने निष्कर्ष निस्केको वताए ।

आचार्यका अनुसार छलफलले भेन्टिलेटर र आइसियुको अभाव समाधान गर्नको लागि केही आइसियु थप गर्न १५ दिनभित्र प्रक्रिया अघि बढाउने निष्कर्ष निकालीएको छ ।

संघीय, प्रदेश सरकारमा पहलका लागि आफूहरुले सहयोग गर्ने समझदारी भएको छ । कोरोना महाहारी मंसिरसम्म तिव्र रुपमा हुने विज्ञहरुले वताइरहेकोले कोभिड बेड संख्या २ सय पुर्याउन, आइसोलेसनको संख्या २ सय पुर्याउने प्रक्रियको प्रस्ताव तयार गरेर अघि बढाइने भएको छ ।

आचार्यले वारम्वार प्रतिष्ठानको मेसिनहरु विग्रिएर विरामीहरुले उपचारमा समस्या भोगीरहनु पर्ने गुनासो वारम्वार आएकोले आफूहरु गम्भिर भएर छलफल गरेको वताए ।

विहान ३ घण्टासम्म भएको छलफलमा ‘राम्रो व्यवस्थापन हुनुपर्ने, उपचारका क्रममा डाक्टर नर्सहरुबाट हुने गरेका गलत व्यवहार सुधार गर्नुपर्ने लगायत त्याहाको उपचारमा हुने गरेका ढिलासुस्ती लगायतका विषयमा समेत छलफल गरीएको थियो ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जनप्रतिनिधिहरुसँग कोभिड अस्पताल र त्यसको व्यवस्थापन, प्रदेश १ मा बढ्दो संक्रमणले निम्त्याएको चुनौतीबारे सौहार्दपुर्णरुपमा छलफल भएको बताए ।

संघीय सांसद जयकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसद तथा नेकपा नेता भिम आचार्य, सांसदद्धय सावित्री श्रेष्ठ, उमिता बराइली सहभागी रहेका थिए ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic