दाहाल नेपाल एक हुँदा नेकपा झण्डै बराबर दुई चिरा हुने अवस्थामा वागमति र प्रदेश १ मा दशैं लगतै अविश्वासको प्रस्ताव

  • कार्तिक १०, २०७७
  • १,३५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० कार्तिक ःगत मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसंग सहकार्यको प्रस्तावलाई नेपालले अस्वीकार गरेपछि नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने समिकरणको करिब करिब अन्त्य भएको छ ।

लामो समयमा सम्म ओलीको पेलाईमा परेका नेपालले ओलीलाई कुनै पनि हालतमा साथ नदिने देखिएको छ ।
नेपाल र दाहाल एक ठाँउमा हुँदा नेकपाको विभाजन झण्डै झण्डै दुई चिरामा हुने देखिन्छ ।

पछिल्लो अवस्था हेर्दा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली पार्टीका कुनै पनि निकायमा बहुमतमा देखिदैनन् । केन्द्रीय कमिटि, स्थायी समिति र सचिवालयमा बहुमतमा देखिदैनन् । दाहाल र नेपाल एक ठाँउ भएमा संसदीय दलमा समेत ओलीको स्पष्ट बहुमत नहुने अवस्था छ ।

अर्को तर्फ कर्णाली प्रदेशमा देखिएको विवाद सवै प्रदेशमा पुग्ने अवस्था छ । विषेश गरि बागमती र प्रदेश १ मा तत्काल असर पर्ने देखिन्छ ।

दशैं लगतै यी दुई प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा दाहाल नेपाल समुह रहेका छन् । प्रदेश नम्बर पाँचमा पनि दाहाल नेपाल समुहले आफु पक्षका र राजधानी सारेको विषयमा असंतुष्ट लुम्बिनी प्रदेशका सांसदहरुलाई समेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद मध्ये ४२ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर तयारी अवस्थामा राखेका छन् । यो प्रस्ताव दाहाल नेपालले सिग्नल देखाए लगतै प्रस्ताव दर्ता हुने देखिन्छ ।

यस्तै प्रदेश १ को अवस्था पनि उस्तै छ । तत्कालीन एमाले प्रदेश इन्चार्ज भीम आचार्यलाई दुई मतले पराजित गरेका मुख्यमन्त्री शेरधन राई विरुद्धमा दाहाल नेपाल समूह एक ठाँउ हुँदा बहुमत पुग्ने देखिन्छ ।

पार्टी एकीकरण हुनु पूर्वभागबण्डामा माओवादीले पाएको सभामुख पदमा एमालेले दावी गर्न नहुने नेता नेपालको अडानले अग्निप्रसाद सापकोटा सभामुख बन्न सहयोग पुग्यो । त्यस ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । त्यस यता हरेकजसो निर्णय र गतिविधिमा प्रचण्ड–नेपाल एक ठाउँ उभिदै आएका छन् ।

गएको १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षर देखि ९असार १०–भदौ २६० स्थायी कमिटी बैठकमा समेत दाहाल –नेपाल मिलेका थिए । यसको असर, जिल्ला तहसम्मै पुगेको छ ।
विकास टाइम्स

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic