नेपालकै बलियो मान्छेको पहिचान वनाएका राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन

  • कार्तिक १०, २०७७
  • ३,०९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० कार्तिक ः नेपालकै बलियो मान्छेको रुपमा परिचय बनाएका नेपाल बडिविल्डीङ सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सका खेलाडी धरान १ निवासी राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

प्रधानाड.ागको कार्तिक ६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सोहीदिन देखि उनी आफ्नै घरमा होम आइसोलेसनमा बसेका थिए ।

उनलाई तीन दिन अघि शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएकोले विराटनगरको कोभिड १९ अस्पतालमा भर्ना गरिएको उनको आफन्त प्रमेश श्रेष्ठले जानकारी दिए ।

मोराड.को कोशी अञ्चल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उनको मृत्यु भएको श्रेष्ठले जनाएका छन् ।

कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका प्रधानाङ्गलाई सास फेर्न केही समस्या भएपछि उपचारका लागि बीपीमा उपचारका लागि लान खोज्दा बेड अभाव भएकोले विराटनगर लगिएको श्रेष्ठले वताए ।

धरानका खेलकुदकर्मीहरूका अनुसार शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा उनको योगदान रहेको छ भने प्रधानाङ्गले २०३९ सालमा नेपालका स्ट्रङ्गेष्ट मेनको उपाधी हात पारेका थिए ।

उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एन्ड फिटनेसको सल्लाहकार हुन् भने आइएफबिबिको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका थिए ।

उनी धरानको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका थिए । उनको निधनले शारीरिक सुगठन खेलले अपुरणीय क्षति व्यहोनु परेको खेलकुदकर्मीको भनाई रहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic