नेपालकै बलियो मान्छेको पहिचान वनाएका राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन

  • कार्तिक १०, २०७७
  • ३,०५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० कार्तिक ः नेपालकै बलियो मान्छेको रुपमा परिचय बनाएका नेपाल बडिविल्डीङ सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सका खेलाडी धरान १ निवासी राजभगत प्रधानाङ्गको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

प्रधानाड.ागको कार्तिक ६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । सोहीदिन देखि उनी आफ्नै घरमा होम आइसोलेसनमा बसेका थिए ।

उनलाई तीन दिन अघि शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएकोले विराटनगरको कोभिड १९ अस्पतालमा भर्ना गरिएको उनको आफन्त प्रमेश श्रेष्ठले जानकारी दिए ।

मोराड.को कोशी अञ्चल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उनको मृत्यु भएको श्रेष्ठले जनाएका छन् ।

कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका प्रधानाङ्गलाई सास फेर्न केही समस्या भएपछि उपचारका लागि बीपीमा उपचारका लागि लान खोज्दा बेड अभाव भएकोले विराटनगर लगिएको श्रेष्ठले वताए ।

धरानका खेलकुदकर्मीहरूका अनुसार शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा उनको योगदान रहेको छ भने प्रधानाङ्गले २०३९ सालमा नेपालका स्ट्रङ्गेष्ट मेनको उपाधी हात पारेका थिए ।

उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एन्ड फिटनेसको सल्लाहकार हुन् भने आइएफबिबिको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका थिए ।

उनी धरानको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका थिए । उनको निधनले शारीरिक सुगठन खेलले अपुरणीय क्षति व्यहोनु परेको खेलकुदकर्मीको भनाई रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic