धरानको पर्यटन समिति सदस्य लेखमणी जिमीको निधन

  • कार्तिक ११, २०७७
  • १,१४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ कार्तिक ः धरान उपमहानगरपालिकाको पर्यटन समिति सदस्य एवम् साहसिक खेल पर्यटनकर्मी लेखमणी जिमीको निधन भएको छ ।

२०७४ सालमा स्थानीय तह निर्वाचन पछि तत्कालिन मेयर तारा सुब्बाले जिमीलाई पर्यटन समितिमा नियुक्ती गरेका थिए ।

केही वर्ष देखि क्यान्सर रोगबाट पीडित जिमीको आज बिहान धरानमा निधन भएको उनको परिवारले जनाएको छ ।

जिमि धरानमा सक्रिय साहसिक खेल पर्यटनसँग सम्बद्ध संस्थाहरु रहेको एक्स्ट्रीम धरानका अध्यक्ष समेत रहेका थिए ।
उनले वुढासुव्वा प्याराग्लाइडिड. प्रालि मार्फत धरान साहसिक खेलको शुरुवात गरेका थिए ।

उनको निधनले पर्यटन खेल क्षेत्रले एउटा कुसल अभिभावक गुमाउनु परेको खेलकुदकर्मीहरुको भनाई रहेको छ ।उहाले निधनले खेलक्षेत्रमा अपूरणीय क्षति व्यहोर्नु परेको खेलाडीहरुको भनाई रहेको छ ।

भुगर्भशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनको पार्थिव शरीरलाई आजै चतरामा अन्त्येष्टी गरिने आफन्तजनले जानकारी दिएका छन् । उनी ओएसिस वोडिड. स्कुलका संचालक समेत रहेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic