धरानको पर्यटन प्रवद्धन गर्न वीपीका डाक्टर मकालु वेसक्याम्प प्रस्थान

  • कार्तिक ११, २०७७
  • २०,८३९ पटक पढिएको
  • छाल खबर
alt

तस्विर ः फोटो पत्रकार सुनसरी सदस्य सनम तामाड.

छाल खवर
धरान,११ कार्तिक ः धरानको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी प्रतिष्ठान धरानका डाक्टर समिर चौधरीको तीन सदस्यीय टोली मकालु बेस क्याम तर्फ प्रस्थान गरेकाछन् ।

धरान रन समुहको प्रतिनिधित्व गर्दै उनीहरु मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका हुन् ।

bidai

समुन्द्र सतहबाट ४हजार ८सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्पको पदयात्राका निम्ति सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर चौधरीसंगै फ्यालुन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु सहभागी रहेकाछन् ।

धरानको पर्यटन प्रवद्धन गर्न र धरानलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनको लागि आफूहरु त्यस क्षेत्रमा जान लागेको टोलीका प्रमुख समिर चौधरीले वताए । उनका अनुसार यात्रा करिव १० दिनको हुनेछ ।

काठमाडौ र विराटनगरबाट सिधै तुम्लिड.हुदै कञ्चनजंगा र मकालु वेसक्याम्प लगायत हिमाली क्षेत्रमा पर्यटन जाने गरीएकोले विराटनगर धरान हुदै गन्तव्यको पहिचान गर्न सके धरानको पर्यटन प्रवद्धन र विकास हुने उनको भनाई रहेको छ ।

त्यसका लागि मकालु वेसक्याम्पसम्म रुट निर्धारण गरी कार्यान्वयन गर्न सकेको खण्डमा समग्र पर्यटन क्षेत्रको विकास हुने उनीहरुको विश्वास रहेको छ ।

आन्तरीक पर्यटनलाई विकास र विस्तार गर्न सके स्वदेशमा नै अर्थतन्त्रको वृद्धि हुने धरान रनका अध्यक्ष रोमु राईले वताए ।

उनले आन्तरीक रुपमा पर्यटनको गन्तव्यको पहिचान गरी यसलाई विकास र  विस्तार गर्दै लैजाने हो भने आन्तरीक आम्दानीको स्रोतमा वृद्धि भई स्थानीय क्षेत्रको आर्थिक विकासमा ठूलो फड्को मार्न समय नलाग्ने कुरामा जोड दिएकाछन्् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic