माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्षमा ओलीको प्रस्ताव विधि र प्रक्रियामा पार्टी चलाउनु पर्ने नेपालको अडान

  • कार्तिक १३, २०७७
  • १,४३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले अनेक प्रलोभनको पत्ता फ्याक्ने गरेकाछन् ।
समूह वलियो वनाउदै सता जोगाउनका लागि उनले अनेक फण्डा निकाल्दै आएकाछन् ।

उनले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आन्तरीक रुपमा मनमुटाव बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् ।

उनले वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउने लालिपप दिएर सत्ता टिकाउने प्रयास गरेकाछन् ।

यो कार्ड फालेपछि प्रचण्डसंगको उनको सम्वन्धमा दरार ल्याउने दाउमा छन् । नेपाली उखान फुटाउ र शासन गर भन्ने नेपाली उखानलाई यथार्थमा परिणत गर्दै लान थालेकाछन् ।

अरुको शक्ति क्षीण गर्र्दै आफूलाई वलियो वनाउन माहिर मानिने ओली फेरी प्रचण्ड र नेपालवीच फुट ल्याउने तयारीमा लागेकाछन् ।

स्रोतका अनुसार ओलीले हामी मिलेर जाऔं अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ भनेर नेपाललाई उनले फकाएकाछन् ।

ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएपनि आशंका भने गरेकाछन् । नेपालले आफू मिल्नका लागि तयार रहेपनि विधि र प्रक्रियामा पार्टी चलाउनु पर्ने उनको अडान रहेको छ ।

कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले नेपाललाई मिलेर जानका लागि प्रस्ताव राखेका थिए ।

ओलीले प्रचण्डलाई पनि महाधिवेशन पछिको अध्यक्षको प्रलोभन दिएकाछन् । अध्यक्षको कार्ड सवै नेतालाई फाल्न थालेपछि प्रचण्ड पनि त्रसिएकाछन् ।

प्रचण्डलाई चिडाउनका लागि ओलीले प्रचण्डका प्रियपात्रलाई मन्त्रि बनाउने तयारीमा लागेकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic