माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्षमा ओलीको प्रस्ताव विधि र प्रक्रियामा पार्टी चलाउनु पर्ने नेपालको अडान

  • कार्तिक १३, २०७७
  • १,४५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले अनेक प्रलोभनको पत्ता फ्याक्ने गरेकाछन् ।
समूह वलियो वनाउदै सता जोगाउनका लागि उनले अनेक फण्डा निकाल्दै आएकाछन् ।

उनले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आन्तरीक रुपमा मनमुटाव बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् ।

उनले वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउने लालिपप दिएर सत्ता टिकाउने प्रयास गरेकाछन् ।

यो कार्ड फालेपछि प्रचण्डसंगको उनको सम्वन्धमा दरार ल्याउने दाउमा छन् । नेपाली उखान फुटाउ र शासन गर भन्ने नेपाली उखानलाई यथार्थमा परिणत गर्दै लान थालेकाछन् ।

अरुको शक्ति क्षीण गर्र्दै आफूलाई वलियो वनाउन माहिर मानिने ओली फेरी प्रचण्ड र नेपालवीच फुट ल्याउने तयारीमा लागेकाछन् ।

स्रोतका अनुसार ओलीले हामी मिलेर जाऔं अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ भनेर नेपाललाई उनले फकाएकाछन् ।

ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएपनि आशंका भने गरेकाछन् । नेपालले आफू मिल्नका लागि तयार रहेपनि विधि र प्रक्रियामा पार्टी चलाउनु पर्ने उनको अडान रहेको छ ।

कात्तिक ४ गतेको भेटवार्तामा पनि ओलीले नेपाललाई मिलेर जानका लागि प्रस्ताव राखेका थिए ।

ओलीले प्रचण्डलाई पनि महाधिवेशन पछिको अध्यक्षको प्रलोभन दिएकाछन् । अध्यक्षको कार्ड सवै नेतालाई फाल्न थालेपछि प्रचण्ड पनि त्रसिएकाछन् ।

प्रचण्डलाई चिडाउनका लागि ओलीले प्रचण्डका प्रियपात्रलाई मन्त्रि बनाउने तयारीमा लागेकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic