विष्फोटक पदार्थ र हतियारसहित विप्लव समुहका दुई जना पक्राउ

  • कार्तिक १३, २०७७
  • ३७७ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ कार्तिक ःप्रतिवन्दित पार्टी नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई मोरड. प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट हतियार र विष्फोटक पदार्थ सहित कम्पनी कमिसार पक्राउ गरेको हो । सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरीएको ।

प्रहरीका अनुसार उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ बर्षीय विज्ञान राई पनि पक्राउ परेका छन् ।

घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिसार रहेको अनुसन्धानबाट खुलेको छ भने राई पाटीको साधारण सदस्य रहेको बताइएको छ ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काको कमान्डमा उनीहरुलाई साँझ ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेको एक घरबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार दुवैको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच, ३८।१० मिटर सेफ्टी फ्यूजको तार र ९० मिटर बिजुलीको डब्बल तार लगायत वरामद गरेको जनाएको छ ।

पछिल्लो समय विप्लवका कार्यकर्ता पक्राउ पर्नेक्रम तिव्र वनेको छ । यस अघि पनि पूर्व क्षेत्रबाट विप्लवका कार्यकर्ता पक्राउ परेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic