सिनेट सदस्य संयोजक रहने अधिकार सम्पन्न अनुगमन समिति बनाउन माग

  • कार्तिक १५, २०७७
  • २,८८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान स्थित वीपी प्रतिष्ठानमा पछिल्लो समय वढदै गएको वेथिति र उपचारमा हुने गरेको लापर लगायतका विषयमा चासोका रुपमा हेरीएको वीपी दबाब समुहले भोली मागसहित अवधारणा पत्र बुझाउने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको दवाव समूहको छलफलले विभिन्न माग सहित प्रतिष्ठानलाई वुझाउन लागेको हो ।

दबाब समुहको शनिवारको आइतबार प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मागहरु सहित अवधारणा पत्र बुझाउने निर्णय गरेको दवाव समूहका सहसंयोजक प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

बैठकले अवधारणा पत्रको मस्यौदा तयार गर्ने र त्यसलाई अन्तिम रुप दिने जिम्मेवारी समुहका सहसंयोजक प्रा.डा.राजेन्द्र शर्मालाई दिएको छ ।

अवधारण पत्रमा तत्काल समाधान गर्न सकिने विषयहरु दीर्घकालिन रुपमा समाधान गर्न सकिने प्रतिष्ठानका समस्याहरुको समाधानको उपायहरु पनि समेटिएको हुने प्रा.डा. शमाले वताउनु भयो ।

प्रतिष्ठानमा भएको वेथितिहरुलाई सुधारका लागि आफूहरुले माग सहित अवधारण ल्याउन लागेको शर्मामा भनाई रहेको छ ।

उहाका अनुसार माग तथा अवधारणको लागि प्रतिष्ठानलाई सुधारका लागि ७ दिनको समय दिने र त्यसमा सुधार भए नभएको त्यसपछि पनि अनुगमन गरीने छ ।

प्रसाशनिक सुधार देखि विरामीको उपचारमा हुने गरेका लापरवाहिका विषयहरु र प्रतिष्ठानका उपकरणमा हुने समस्याका विषयहरु पनि अवधारणमा समावेश गरीएको शर्माको भनाइ रहेको छ ।

के के छन् त समुहले तयार पारेका मागहरु

प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) सदस्यको संयोकत्वमा अधिकार सम्पन्न अनुगमन समिति बनाउनुपर्ने,‘सामाजिक लेखा परिक्षण कस्ले गर्ने हो ? जिम्मेवारी तोकिनुपर्ने,वर्तमान अवस्थाको यथार्थ चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एक्सन प्लान तयार गर्न बिशेषज्ञसहितको समुह निर्माण गर्न,अक्सिजन प्लान्ट सञ्चालन गर्न दबाब समुहको माग हुनेछ ।

यसैगरि, नागरिकको स्वास्थ्य विमालाई कोभिड उपचारको हकमा पनि लागु गरियोस्, उत्पादन तथा सुलभ पहुँचको व्यवस्था गर्न, लेभल थ्रीको कोभिड हस्पिटलको प्रत्याभुति सर्वसाधारण नागरिकलाई हुने गरि सेवा प्रदान गर्न, आचारसंहिता तर्जुमा र कार्यान्वयन गर्न पनि दबाब समुहको आवधारणा पत्रमा उल्लेख हुनेछ ।

‘सेवा सुचारु हुन नसकेको उपकरणहरु अविलम्ब मर्मत गरेर सेवा सुचारु गर्नुपर्ने, इर्मजेन्सी सेवा प्रभावकारी गरिनु पर्ने,पिसिआर गर्ने सेवा २४ घण्टा उपलब्ध गरिनुपर्ने माग रहेको छ ।

निकै विवादमा रहेको धरानको कोभिड अस्पताल भित्रको अव्यवस्था तुरुन्त निराकरण गर्न पनि माग गरेको छ । वारम्वार विग्रिने गरेको सिटिस्क्यान खरिदको प्रक्रियालाई तत्काल अघि बढाउन पनि समुहले माग पेश गर्ने भएको छ ।

प्रतिष्ठानमा एक पछि अर्को गरेर वेथिति वढन थालेपछि धरानवासीहरु जागरुक भएर दवाव समूह गठन गरी सकृय रहदै आएको छ । दवाव समूहको संयोजक सुनसरी उद्योग वाणिज्य संघ रहेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic