कांग्रेसले माग्यो नेता विश्वकर्माको उपचारका लागि सरकारसँग सहयोग

  • कार्तिक १६, २०७७
  • १,५३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१६ कार्तिक ः कोरोना भाइरसबाट संक्रमित संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोगका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ ।

सांसद विश्वकर्मालाई कोरोना भाइरस संक्रमण भई अस्वस्थ भई कात्तिक ९ गतेदेखि ९वीर हस्पिट हुदै ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेका कांग्रेस संसदीय दलले जनाएको छ ।सांसद विश्वकर्मामा निमोनिया देखिएको छ ।

श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।

स्वास्थ्य अवस्थमा सुधार नआएपछि विश्वकर्मालाई अहिले भन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनलाई एकहप्ता आइसियुमा राखेर शनिवारबाट भेन्टिलेटरमा सारेर उपचार गरीदै आएको उनका सहयोगी टेकबहादुर विश्वकर्माले जानकारी दिएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic