कांग्रेसले माग्यो नेता विश्वकर्माको उपचारका लागि सरकारसँग सहयोग

  • कार्तिक १६, २०७७
  • १,५९६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१६ कार्तिक ः कोरोना भाइरसबाट संक्रमित संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोगका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ ।

सांसद विश्वकर्मालाई कोरोना भाइरस संक्रमण भई अस्वस्थ भई कात्तिक ९ गतेदेखि ९वीर हस्पिट हुदै ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेका कांग्रेस संसदीय दलले जनाएको छ ।सांसद विश्वकर्मामा निमोनिया देखिएको छ ।

श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ ।

स्वास्थ्य अवस्थमा सुधार नआएपछि विश्वकर्मालाई अहिले भन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनलाई एकहप्ता आइसियुमा राखेर शनिवारबाट भेन्टिलेटरमा सारेर उपचार गरीदै आएको उनका सहयोगी टेकबहादुर विश्वकर्माले जानकारी दिएकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic