‘पुच्छर’ले टाउको हल्लाउँदा वीपी प्रतिष्ठानको वेहाल’ स्वास्थ्यमन्त्रीकै सल्लाह मानेनन् उपकुलपतिले

  • कार्तिक १६, २०७७
  • ६,१६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिक ः प्रशासकिय सल्लाहकारका कारण आलोचनाको शिकार भइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले स्वास्थ्यमन्त्रीलाई गरेको प्रतिबद्धता अझै पुरा गर्न सकेका छैनन् ।

कोरोना हस्पिटल सञ्चालनमा स्थानीय व्यापारीसँग मिलेर लाखौं चलखेल गरेको आरोप लागेर सर्वत्र आलोचित बनेका प्रशासकिय सल्लाहकार दिलिप भट्टराईलाई हटाउने प्रतिबद्धता जनाएको तीन साता बढि भइसके पनि उपकुलपतिले हटाउन नसक्नुमा ठूलै रहस्य रहेको बुझिएको छ ।

प्रशासकिय सल्लाहकारले मेरो इज्जत माटोमै मिलायो, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको समेत बेइज्यात गर्यो यसलाई तुरन्तै हटाउँछु ।’ भन्दै प्रतिष्ठान भित्रै भन्दै हिँड्ने डा. गिरी प्रशासकिय सल्लाहकारलाई हटाउनुको सट्टा मेडिकल व्यापारीसँगको मिलेमतोमा व्यवस्थापन गर्न लागि परेको स्रोतको दावी रहेको छ ।

‘स्वास्थ्यमन्त्री समेतले दिलिप भट्टराईलाई हटाउन निर्देशन दिएपनि उपकुलपतिले हटाएका छैनन् । दसैंअघि नै हटाउँछु भनेका थिए तर, भट्टराई अहिले उपकुलपतिकै क्वाटरमा बसेर चलखेल गरिरहेका छन् । एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा वताएकाछन् ।

दिलिप भट्टराईलाई हटाएर सत्तारुढ नेकपाको प्रदेश र स्थानीय कमिटिसँगको परामर्शमा विज्ञ व्यक्तिलाई सल्लाहकारका रुपमा राख्न नेकपा प्रदेश इन्चार्ज भीम आचार्यसँग उपकुलपतिले प्रतिबद्धता जनाएका थिए ।

‘प्रदेशका सांसदहरुसँगको बैठकमा प्रशासकिय सल्लाहकारलाई हटाएर विज्ञ व्यक्ति राख्ने प्रतिबद्धता उपकुलपति गिरीले जनाएका थिए ।

नेकपा केन्द्रीय सदस्य विनोद ढकालले व्यक्तिको कारण संस्था सञ्चालनमा समस्या आउँछ भने त्यस्ता व्यक्तिहरुलाई हटाउँदा नै ठिक हुने धारणा राख्छन् ।

प्रशासकिय सल्लाहकार कै कारण संस्था बदनाम हुँदा पदाधिकारीहरुको समेत गरिमा धुमिल हुने उनको भनाई छ ।
प्रशासकिय सल्लाहकार भनेको आफुलाई सही सल्लाहदिने मान्छे हुनु पर्नेमा उनको भनाई रहेको छ । ।

पार्टीले हटाउन भनेको हो भने उपकुलपतिमा नियुक्त गरेको हो, उहाँकै कारण पार्टी बद्नाम हुनुहुन्न । सबैले त्यस्ता व्यक्तिलाई हटाउनु पर्छ भन्छन् भने सल्लाह मान्नुपर्छ ।

पार्टीले निर्देशन पनि दिन सक्ने ढकालको भनाई रहेको छ । कसैको कारण संस्था विग्रन नहुने ढकालको भनाई रहेको छ ।

यसअघि प्रतिष्ठानको ‘भिआइपी गेष्ट हाउसमा बसेर प्रतिष्ठानको सम्पतीमा रजाई गर्दै आएका भट्टराईलाई अहिले उपकुलपतिले आफ्नै क्वाटरमा राखेर संरक्षण गरीरहेका छन् ।

उपकुलपति प्रशासकिय सल्लाहकारलाई तत्काल हटाउन सक्ने परिस्थितिमा छैनन् । डा.गिरीको नियुक्तिदेखि उनका दैनिक भेटघाटका फेहरिस्तहरु प्रशासकिय सल्लाहकारसँग रहेकोले उसलाई तत्कालै हटाए आफ्नै विरुद्ध लाग्ने अवस्था देखेर उपकुलपति हच्किएका हुन् ।

भिसीका हरेक निर्णय, भेटघाट, छलफलका फड्के साक्षी हुन् दिलिप भट्टराई, उनलाई सजिलै हटाउन सक्ने परिस्थिति छैन । उनले स्वास्थ्यमन्त्री र प्रतिष्ठानका पदाधिकारी र कर्मचारीलाई समेत दसैं अगाडी नै हटाउँछु भनेपनि हटाउन नसक्नुमा ठूलै रहस्य रहेको स्रोतको भनाई रहेको छ ।

प्रशासकिय सल्लाहकार भट्टराईसँग उपकुलपतिले गरेका हरेक वार्तालाप र गोप्य भेटघाटका प्रमाणहरु छन् । खासगरी कोभिड–१९ अस्पताल निर्माण सञ्चालन तथा स्वास्थ्य उपकरण खरिदमा स्थानीय मेडिकल सप्लायर्ससँगको आर्थिक साँठगाँठ र अन्य आर्थिक गतिविधिका गोप्य प्रमाणहरु रहेकाले प्रशासकिय सल्लाहकारलाई हटाउनुभन्दा धरानका मेडिकल व्यापारीको संरक्षणमा राख्ने तयारी छ ।

यसका लागि भट्टराईलाई काठमाडौंमा राखेर ती मेडिकल सप्लायर्सबाट तलब सुविधा दिलाउने गोप्य सहमति भएको छ ।

भट्टराईलाई प्रतिष्ठानको काठमाडौं सम्पर्क कार्यालयमा राखेर काम लगाउने मनस्थितिमा थिए उपकुलपति । तर, प्रशासकिय सल्लाहकारको कार्यशैलीका कारण चौतर्फी दवाव थेग्न नसकेपछि मेडिकल सप्लायर्सको पोल्टामा राख्ने योजना भइरहेको छ ।

उपकुलपतिले उनलाई हटाउने भन्दापनि मेडिकल व्यापारीको पोल्टामा राखेर काम लगाउने सोच बनाएका छन् ।
प्रतिष्ठानका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

प्रतिष्ठान सञ्चालनको हरेक निर्णयमा स्वकीय सचिवको हस्तक्षेप बढेपछि पदाधिकारीहरु विच नै असन्तुष्ठि बढेको थियो ।

प्रसाशनिक सल्लाहकार भट्टराईकै निर्देशनमा अस्पताल निर्देशकलाई जिम्मेवारीबाट हटाउनु, रजिष्ट्रारको अधिकार खोस्नु, प्रतिष्ठानका कर्मचारीलाई मेडिकल सप्लायर्स र व्यापारीहरुको स्वार्थअनुसार सरुवा गर्नु तथा कोभिड अस्पताल सञ्चालनमा चरम लापरवाही गर्दा उपकुलपति स्थानीयदेखि प्रदेश र केन्द्र सरकारको नजरमा आलोचनाका पात्र बनेका छन् ।

पुच्छरले टाउको हल्लाउँदाको परिणाम

वीपी प्रतिष्ठान दिन प्रतिदिन अव्यवस्थाको शिकार हुँदै जानुमा असक्षम नेतृत्व जिम्मेवार रहेको सरोकारवाला बताउँछन् ।प्रतिष्ठानको नेतृत्व गरिरहेका डा. ज्ञानेन्द्र गिरी क्षमता भन्दापनि ‘निगाह’मा आएका हुन् ।

उनी गत निर्वाचनमा डा.शेखर कोइराला र डा. सुनिल शर्मालाई गाली गर्दै भानुभक्त ढकाललाई चुनाबमा सघाए वापतको उपकुलपति भएका हुन् ।टाउकाले पुच्छर हल्लाएर हैन पुच्छरले टाउको हल्लाएर प्रतिष्ठान विग्रिएको हो ।

जबसम्म नेतृत्वले आफैं निर्णय गर्ने क्षमता राख्दैन संस्था सुध्रिन सक्दैन ।’ प्रतिष्ठानका एक पूर्वउपकुलपतिले भने–‘उपकुलपतिमा दिर्घकालिन भिजन हुनुपर्छ । बर्तमान उपकुलपतिमा गुणस्तरीय चिकित्सा सेवा दिने गुण होला तर, उहाँ कुशल प्रशासक हुन सक्नु भएन ।

‘मान्छे काविल हो, आचरण सहि भएन–उपकुलपति

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रशासकिय सल्लाहकार भट्टराईलाई हटाउने सन्दर्भमा प्रदेशका सांसदहरु तथा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यसँग कुरा भएको स्विकार गरे ।

उपकुलपतिले स्वकीय सचिवका विषयमा सांसदहरुकै डेलिगेशन आएको भएपनि आफु तत्कालै हटाइहाल्ने कुनै मनस्थितिमा नरहेको जिकिर गरे ।

दिलिप भट्टराईका विषयमा प्रदेशका सांसदहरु तथा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यसँग कुरा भएको हो, अरुबाट पनि कुरा आएको छ ।

यता एकपछि अर्को गरी प्रतिष्ठानमा विकृति बढन थालेपछि वीपी प्रतिष्ठान दवाव समूहले १८ वुदे माग सहित अवधारण पत्र समेत आइतवार वुझाएको छ ।

कहिले सामान खरिद त कहिले सामान सप्लायर्सको विल भुक्तानीका विषयमा व्यापारीसंग नाम जोडिएर विवादमा पर्दै आएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic