धरानलाई टान्जिट पोइन्ट वनाउन सकिने संभावना

  • कार्तिक २४, २०७७
  • ६,२२९ पटक पढिएको
  • छाल खबर
alt

धरान,२४कार्तिक ः वीपी प्रतिष्ठानका डाक्टर वीपी स्व.बी प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी धरानलाई पर्यटनको ट्रान्जिट पोइन्ट वनाउन सकिने वताएकाछन् ।

धरान रन समुहको प्रतिनिधित्व गर्दै धरान रन रनिङ्ग क्लब को तीन सदस्य मकालु बेस(क्याम सम्म को ११ दिने सफल पदयात्रा गरि धरान फर्कीएका चौधरीले सो कुरा वताएका हुन ।

पुर्बी नेपालको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी स्व.बि.प्रतिष्ठानमा कार्यगत डा समिर चौधरी, दुवाथोलन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु आन्तरीक पर्यटनको पर्वद्धन गर्नका लागि मकालु वेस क्याम्प पुगेका थिए ।

makalu - 2

उनीहरु गत कार्तिक ११ गते मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका थिए ।

पदयात्रा टोलि धरान देखि खादबारी हुँदै नुमसम्म बस यात्रा गरिएको थियो भने त्याहा पैदल यात्रा गरेको थियो ।

यात्रा सोचे भन्दा कठिन घनघस्या ठाडो उकालो र संचार सम्पर्कबिहिन यात्रामा नुमबाट ६ दिन पश्चात समुन्द्र सतहबाट ४ हजार ८ सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्प सम्म पुग्न सफल भएको उनीहरुले वताए ।

त्यसक्षेत्रमा अथाह पर्यटनको संभावना बोकेको सुन्दर नागी(खुल्ला टार) उच्च पहाडी झरना,सानाठुला पोखरी, तालको अवलोकन गरिने र सुन्दर तथा मनोरम हिमालको दृष्यावलोकन गर्न सकिने ठाउँहरु रहेको उनीहरुको अनुभव रहेको छ ।

जो सुकैले पनि आफ्नो जीवनमा एक पल्ट पुग्नै पर्ने अनुपम यात्रा संगम रहेको टोलीका प्रमुख डा समिर चौधरीले वताए । साथै ठाउठाउँमा सानातिना होटेल लज व्यवस्था रहेपनि सम्पर्कका लागि संचार साधानहरु कमै हुने गरेकोले त्यसक्षेत्रमा रहुन्जेल अन्योल नै भने रहने उनको अनुभव रहेको छ ।

धरानलाई ट्रान्जिट पोइन्ट वनाएर आन्तरीक तथा वाह्य पर्यटकलाई यहाबाट मकालु वेस क्याम्प लगायत त्यस क्षेत्रमा जाने पर्यटकलाई यहाको रुट प्रयोग गर्न सके धरानको पर्यटनलाई थप टेवा पुग्ने उनको सुझाव रहेको छ ।

यतिका लामो यात्राका लागि रुट वनाएर वास्तविक रुपमा पर्यटनको ठोस गन्तव्य वनाउन सकेको खण्डमा पूर्व क्षेत्रको पर्यटनको विकासमा निकै ठूलो फड्को मार्न सकिने उनको सुझाव भनाई रहेको छ ।

makalu = 4 makalu = 3

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic