चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने जिल्ला नगरका अध्यक्षहरुको निर्णय आफ्नो जीत सुनिश्चित भएको ढकालको दावी

  • कार्तिक २४, २०७७
  • २,३९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ कार्तिक ः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्‍न निर्वाचन जिल्ला नगरका सवै अध्यक्षहरुले चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने निर्णय गरेकाछन् ।

गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका हुन् ।

ChandraPrasadDhakalPokhara2

देशव्यापी चुनावी प्रचारप्रसारमा रहेको ढकालले दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा भव्य स्वागत गरीएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ वटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भएकोले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत दावी गर्नुभयो ।

उद्योगी व्यवसायीको हक हितको लागि जुनसुकै अहोरात्र खटिने र उद्योगी व्यापारीको समस्या समाधानका लागि खटिने ढकालजस्तो व्यक्तिलाई नेतृत्वमा लान सुनौलो अवसर भएको उहाँको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका गुनासो आगामी दिनमा आउन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

ढकालले आफुलाई जिताउन उद्योगी व्यापारीहरु हतारीएको वताउदै आफ्नो जीत सुनिश्चित रहेको दावी समेत गर्नुभएको छ ।

ढकालले व्यवसायिक हिसावले ७७ वटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि जुनसुकै समयमा पनि खटिने उल्लेख गर्नुभयो ।

उहाले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसाय मैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताउनुभयो ।

ढकालको समूहले देशव्यापी रुपमा आफ्नो प्रचार अभियानलाई तिव्र वनाउदै लगेको छ । ढकालको समूहबाट सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक ताम्राकार सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic