गृह मन्त्रालयले दियो अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सीडीओलाई निर्देशन

  • कार्तिक २५, २०७७
  • २,०८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिक ःगृह मन्त्रालयले अवैध रुपमा सञ्चालित देशभरका अवैध क्रसर उद्योग वन्द गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।

अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृहले निर्देशन दिएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।crasar

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव र पदाधिकारी सहभागी बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालय पठाउन समेत निर्देशन दिएको छ ।

‘नदीजन्य पदार्थमा आधारित उद्योग तथा स्थानीय तहबाट ठेक्का लगाइएका नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्रीवितरणको प्रभावकारी रूपमा अनुगमनगरी निर्धारित मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएमा कारवाही गर्ने निर्णय गरेको प्रेश संयोजक भट्टराईले जानकारी गराएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic