जीत सुनिश्चित छ वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्दप्रसाद ढकाल

  • कार्तिक २८, २०७७
  • २,०११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ कार्तिक ः देशव्यापी चुनावी प्रचार अभियानमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालले आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुभएको छ ।

चुनाव प्रचारको क्रममा प्रदेश १ र २ का जिल्ला तथा नगरका अध्यक्षहरुसंगको धनकुटाको भेडेटारमा आयोजित भेटघाट कार्यक्रममा ढकालले सो दावी गर्नुभएको हो ।

आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनको अभियानमा रहेको टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल, जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामप्रसाद संघाई केन्द्रीय सदस्यका उम्मेद्वार अशोक ताम्राकार लगायतका सहाभागी रहनु भएको थियो ।

सो कार्यक्रममा ढकालले प्रदेश नं १ र २ का साथै अन्य जिल्लाबाट सहभागी ५२ जिल्लाका अध्यक्षहरु, नगर अध्यक्षहरु, अग्रज उद्योगी व्यवसायीहरुसँग छलफल समेत गर्नुभएको थियो ।

उहाले उद्योगी व्यवसायीहरुको गुनासो सुन्ने तथा उहाँहरुको हक अधिकार, सरकारी सौलियत, भन्सार छुटलगायतका विषयमा आफूले सरकारसंग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले उद्योगी व्यापारीहरुको अधिकारलाई संस्थागत गदैं निजी क्षेत्र र सरकारविच पुलको काम गर्दै कोविडको महामारीबाट धराशायी वन्दै गरेको उद्योग व्यवसायलाई अघि वढाउनका लागि योजनाहरु ल्याउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

देशभर चुनावी अभियानमा रहदा उद्योगी व्यापारीहरुको साथ र सहयोग आफूलाई रहेको उहाले दावी समेत गर्नुभयो ।
आफू निर्वाचित भएपछि साना ठूला सवै उद्योगी व्यापारीहरुको समस्या समाधानका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

ubasanga sunsari

 124836054_1319351705096795_6377251733418921669_n    886 pppppppppppppp

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

धरानमा पहिलो पटक तिज क्विन

छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic