जीत सुनिश्चित छ वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्दप्रसाद ढकाल

  • कार्तिक २८, २०७७
  • २,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ कार्तिक ः देशव्यापी चुनावी प्रचार अभियानमा रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालले आफ्नो जीत सुनिश्चित भएको दावी गर्नुभएको छ ।

चुनाव प्रचारको क्रममा प्रदेश १ र २ का जिल्ला तथा नगरका अध्यक्षहरुसंगको धनकुटाको भेडेटारमा आयोजित भेटघाट कार्यक्रममा ढकालले सो दावी गर्नुभएको हो ।

आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनको अभियानमा रहेको टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल, जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामप्रसाद संघाई केन्द्रीय सदस्यका उम्मेद्वार अशोक ताम्राकार लगायतका सहाभागी रहनु भएको थियो ।

सो कार्यक्रममा ढकालले प्रदेश नं १ र २ का साथै अन्य जिल्लाबाट सहभागी ५२ जिल्लाका अध्यक्षहरु, नगर अध्यक्षहरु, अग्रज उद्योगी व्यवसायीहरुसँग छलफल समेत गर्नुभएको थियो ।

उहाले उद्योगी व्यवसायीहरुको गुनासो सुन्ने तथा उहाँहरुको हक अधिकार, सरकारी सौलियत, भन्सार छुटलगायतका विषयमा आफूले सरकारसंग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले उद्योगी व्यापारीहरुको अधिकारलाई संस्थागत गदैं निजी क्षेत्र र सरकारविच पुलको काम गर्दै कोविडको महामारीबाट धराशायी वन्दै गरेको उद्योग व्यवसायलाई अघि वढाउनका लागि योजनाहरु ल्याउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

देशभर चुनावी अभियानमा रहदा उद्योगी व्यापारीहरुको साथ र सहयोग आफूलाई रहेको उहाले दावी समेत गर्नुभयो ।
आफू निर्वाचित भएपछि साना ठूला सवै उद्योगी व्यापारीहरुको समस्या समाधानका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

ubasanga sunsari

 124836054_1319351705096795_6377251733418921669_n    886 pppppppppppppp

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic