रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा रक्तदान

  • मंसिर ७, २०७७
  • २,१०९ पटक पढिएको
  • छाल खबर
alt

धरान, ६ मंसिरः रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।

कम्पनीको तेश्रो वार्षिकउत्सवको अवसरमा रिलायन्सको धरान शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगतको चरम अभाव हुंदा विरामीले अकालमै जीवन विताउन परिरहेको तथा उपचारमा गम्भिर समस्या उत्पन्न भईरहेकाले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख सुजेन्द्र तामाङले बताए ।

कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको र कम तौल तथा ब्लडप्रेसरका कारण १६ जना रक्तदान गर्नवाट वञ्चित भएका थिए ।

कार्यक्रममा हालसम्म ४१ औं पटक रक्तदान गर्ने धरान १८ निवासी प्रेमकुमार राई र ३६औं पटक रक्तदान गर्ने वेलवारी, मोरङ निवासी विनोद गिरीलाई विशेष सम्मान समेत गरिएको थियो ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति एवम् केन्द्रीय सदस्य उमेश थापाले कोरोनाको महामारी जस्तो प्रतिकुल समयमा पनि रिलायन्स लाइफ इन्स्योरेन्सले रक्तदान जस्तो महान् मानवीय सेवाको कार्यक्रम सफलतापूर्वक आयोजना गरी सामाजिक दायित्व वहन गरेको भन्दै उच्च प्रशंसा र हार्दिक  एवम् आभार व्यक्त गरे ।
वी.पी. प्रतिष्ठानमा अति गम्भिर अवस्थामा उपचार गराईरहेकी ताप्लेजुङकी प्रिया राईले रक्तदानस्थलवाटै ३ पिन्ट रगत प्राप्त गरेकी थिइन् ।
शाखा प्रमुख सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिलायन्सका क्षेत्रीय प्रमुख राजन निरौला, इटहरी शाखा प्रमुख विनोद कार्की, नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic