राजनीतिकमा अनेक झेल,ओली र शेरबहादुर मिलेर प्रचण्ड माधव सिध्याउने खेल कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव

  • मंसिर ७, २०७७
  • ३,३५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,७ मंसिर ः सचिलालय बैठकमा आफ्नो एजेण्डा प्रस्तुतका लागि १० दिनको समय मागेका नेकपा अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले नया राजनीतिक यात्रा शुरु गरेकाछन् ।

ओलीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी राजनीतिमा नया तरंग पैदा गरीदिएकाछन् ।
संवैधानिक रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बूढानीलकण्ठ पुगेका ओलीले देउवासँग सत्तासाझेदारीको विषयमा समेत कुरा गरेको बुझिएको छ ।

नेकपामा विवाद बढेसँगै पार्टी फुटको संघारमा छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ओलीलाई एक्ल्याउन खोजेपछि ओलीले पार्टी फुटाउने तयारी थालेका हुन्।

ओली सत्ता टिकाउन र आफू शक्तिमा रहेर देखाउनका लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपरेको स्रोतको दावी रहेको छ ।

उनले पार्टी फुटेको अवस्थामा सत्ता साझेदारी गर्न विपक्षी दल कांग्रेससँग प्रस्ताव समेत गरेको स्रोतको दावी रहेको छ । ओलीले देउवालाई फकाउन जस्तो सुकै हत्कन्डा अपनाउन पनि तयार रहेको देखिएको कांग्रेस निकट स्रोतले दावी गरेको छ । धेरै कोणबाट ओलीले फकाउन खोजेपनि देउवाले छलफल गरेर मात्र जवाफ दिने भनि पठाएको वुझिएको छ ।

देउवा निकट एक कांग्रेस नेताका अनुसार पार्टीमा आन्तरीक छलफल गरेपछि मात्र ओलीको प्रस्तावको विषयमा जवाफ दिनेगरी पठाएकाछन् ।

ओलीले देउवालाई आठ वटा मन्त्रालय कांग्रेसलाई दिन तयार रहेको पनि छलफलमा वताएको वुझिएको छ । उनले आवस्यकता अनुसार प्रमुख मन्त्रालय दिने र सो का लागि तयार रहन आग्रह गरेको कांग्रेसका एक सदस्यले जानकारी दिएकाछन् ।

उनले कांग्रेसले यतिवेला सरकारमा गएर पार्टीलाई कुनै उपलव्धि नहुने भएकोले सरकारमा जाने विषयमा गहिरो छलफल गरी टुंगोमा पुग्ने वताए ।

साझेदारी सरकारमा सहभागी हुदा अपेक्षित रुपमा काम गर्न पनि नसकिने र निर्वाचनको लागि समय पनि नजिकिदै गएकोले आगामी निर्वाचनलाई ठूलो क्षति पुग्ने भएकोले सरकारमा नजाने विषयमा कांग्रेसमा साझा धारणा वन्ने उनको दावी रहेको छ ।

कांग्रेसका केही नेताहरुले ओलीले आफ्नो सत्ता टिकाउन र पार्टी भित्रको अर्को समूहलाई घुर्की लगाउनका लागि यो पत्ता फालेको हुन सक्ने भएकोले यसलाई गम्भिर रुपमा लिएर अघि वढन आवस्यक नभएको पनि दावी गरेकाछन् ।

सो विषयमा नेपाली कांग्रेसका युवा नेता एवं पार्टी प्रवक्ता विश्वव्रकाश शर्माले नेपाली कांग्रेस कसैको फुटवल नवन्ने स्पष्ट पारेकाछन् ।
उनले आइतबार समाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै शर्माले कांग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने जनादेश रहेको बताएका छन् । उनले कांग्रेस विपक्षमै बस्छ र कुनै पनि भड्कावतिर जाँदैन यो कुरा स्पष्ट रहोस् भन्दै ट्विट गरेका छन् ।

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic