बरिष्ट सल्लाहकारमा दिपाश्री निरौला र चिरिन्जिवी बस्नेत

  • मंसिर ८, २०७७
  • २,४३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ मंसिर ः नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को सल्लाहकारमा निर्मात्री निर्देशक तथा कलाकार दिपाश्री निरौला र वरिष्ट चलचित्र निर्माचा चिरिञ्जीवि वस्नेतलाई चयन गरेको छ ।

महासंघले मङ्सिर ७ गते ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री , निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा बरिश्ठ चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को बरिश्ठ सल्लाहकारमा चयन गरेको हो ।

महासंघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्देशक दिपाश्री निरौलाले अहिलेको अवस्थाले गर्दा सिङो चलचित्र उद्योग नै थिलो थिलो भएको वताइन् ।

सबै चलचित्रकर्मीहरु मिलेर चलचित्र क्षेत्रलाई अघी बढाउने काम गर्नुपर्नेमा जोडदिदै अहिले महासंघले प्रदेश १ मा गरिरहेको गतिविधी एकदमै पसंशनिय रहेको र आफुलाई बरिश्ठ सल्लाहकारमा मनोनयन गरेकोमा खुशी व्यक्त गेकीथिइन् ।

महासंघले निकट भविश्यमा गर्न लगेको चलचित्र महोत्सवले चलचित्र क्षेत्र लाई चलयमान गराउन ठुलो मद्त पुग्ने र यो महोत्सवको लागि आफुले सक्ने सहयोग गर्ने जानकारी समेत गराएकि थिइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै बरिष्ट निर्माता चिरिन्जिवी बस्नेतले आँफैले पूर्ण लगानी गरेको ३७ वटा चलचित्र सहीत ८० भन्दा बढी चलचित्र निर्माण गरेर अहिले इनरुवामा आई हल व्यवसाय संचालन गर्दै आएको र अहिले १० बर्ष विश्राम लिएर बसेकाछन् उनले अब भने स्तिथि सामान्य भएपछी पुन चलचित्र निर्माण गर्ने बताएकाछन् ।

उनले पहिला पनि चलचित्र छायांकन गर्दा आफूले पुर्व लाईनै प्राथमिकता दिने गरेको र आगामी दिनमा पनि नयाँ निर्माण गर्ने चलचित्रको सम्पूर्ण काम प्रदेश न १ मा नै गर्ने स्पष्ट पारेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले महासंघको भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic