पार्टी एकताको पक्षमा उभिन इटहरी उपमहानगर कमिटिको निर्देशन

  • मंसिर १०, २०७७
  • १,२८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

नगर कमिटीको मंगलवार बसेको सचिवालय वैठकले विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको हो ।

वैठकले मुलुकले वामपन्थी एकताको आवस्यकता महशुस गरीरहेको अवस्थामा टुटफुट र विभाजन अहिलेको आवस्यकता नभएकोले एकताको पक्षमा एकढिक्का भएर उभिन निर्देशन दिइएको नगर कमिटी सचिव काशीनाथ दंगालले वताए ।

त्यसैगरी वैठकले इटहरी उपमहानगर कमिटिको एकतालाई पूर्णता दिएको छ ।

सचिव दंगालले नेकपा इटहरी उपमहानगर कमिटिले एकता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । उनले मातहतका पार्टी कमिटि र सदस्यहरुलाई पार्टी एकता विरोधी गतिविधि नगर्न निर्देशन समेत बैठकमार्फत दिइएको बताएकाछन् ।

पार्टी एकताको पक्षमा दृढतापूर्वक कार्य सम्पन्न गर्न वडा कमिटि तथा शाखा कमिटिहरुलाई निर्देशन समेत दिइएको  छ।

उपमहानगर कमिटिका अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)को अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रचार विभाग, स्कूलिङ्ग विभाग, संगठन विभाग, स्थानीय तह समन्वय विभाग लगायतका २७ वटा विभाग र २७ वटै फ्याक्सन समेत गठन गरी जिम्मेवारी समेत तोकिएको दंगालले जानकारी दिए ।

बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज निर्मल वराल, पार्टी प्रदेश समिति सदस्य एवम् इटहरी उपमहानगर कमिटि इन्चार्ज केशव विष्ट, इन्चार्जहरु राजकुमार गिरी, चिरन्जीवी भट्टराई, प्रदेश कमिटि सदस्य भानु मैनाली लगायतको उपस्थिति रहेको थियो ।

बैठकले ४ ३३ जनालाई पार्टीको जिम्मेवारी प्रदान गरिएको सचिव दंगालले जानकारी दिएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic