फुटपरस्त गतिविधि रोक्न कार्यकर्ताहरुको चेतावनि

  • मंसिर १२, २०७७
  • २,५५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिरः गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरुलाई फुटपरस्त गतिविधि नगर्न कार्यकर्ताहरुले चेतावनि दिएकाछन।

ईटहरी उपमहानगर १ नं वडा कमिटि सचिवालयको बैठकमा सहभागी स्थानीय नेताहरुले केन्द्रीय नेताहरुलाई सो चेतावनि दिएका हुन् ।

बैठकमा बोल्दै नेकपा १ नम्वर प्रदेशका कार्यालय सचिव तथा ईटहरी सह( ईन्चार्ज) चिरञ्जिवी भट्टराईले संगठनलाई एक ढिक्का वनाएर तिब्र गतिमा अघि बढाउन निर्देशत दिएका थिए । भट्टराईले केन्द्रमा देखिएको पार्टी फुटपरस्त गतिबिधिहरूलाई तत्काल बन्द गर्न नेताहरूलाई चेतावनी समेत दिएका थिए ।

भट्टराईले पार्टी बिधि र पद्धतीमा सबै नेता चल्नु पर्नेमा जोडदिदै युवा पार्टी कमिटि भन्दामाथी कोहि नरहेको उल्लेख गरेका थिए ।

बैठकले १ नम्बर वडा कमिटिले सामुहिक रूपमा दिएको राजीनामा फिर्ता गर्ने, वडा मागलाई क्रमश सम्बोधन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने जस्ता ऐतिहासीक महत्वाका निर्णयहरू गरेको वडा कमिटी अध्यक्ष सलबहादुर दलबहादुर समालमगरले जानकारी दिएकाछन् ।

उक्त बैठकमा प्रदेश कमिटि सदस्य तथा ईटहरी ईन्चार्ज केशव बिष्ट, नगर कमिटी अध्यक्ष बहादुरसिं तामाङ, नगर कमिटी सचिव काशीनाथ दंगाल, नगर कमिटी सदस्य क्रमश बिनोद झा,शंकर पुरि १ न वडा इन्चार्ज टीका बन उपस्थित रहेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic