मनोमानी शुल्क उठाएको भन्दै दुइ विद्यार्थी संगठनको आपत्ति

  • मंसिर १२, २०७७
  • १,१४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः अनेरास्ववियू धरान उपमहानगर कमिटीले निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क लिन थालेको प्रति आपत्ति जनाएको छ ।

साविक अनेरास्वयुका कार्यबाहक अध्यक्ष सौरव खड्का र साविक अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष घनश्याम थेवेले संयुक्त विज्ञप्ति प्रशासन गरी सो आपत्ति जनाएका हुन ।

धरानका निजी विद्यालयहरुले अभिभावकहरुलाई डरत्रास देखाएर मनोमानी ढंगले शुल्क बुझाउन दबाब दिएको दुइ संगठनले आरोप लगाएकाछन् ।

विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण गराएकाछन् ।

विद्यार्थीहरु भौतिकरुपमा विद्यालयमा उपस्थित नभएता पनि यातायात, खेलकुद, कम्प्युटर, ल्याबलगायत विभिन्न शिर्षकमा शुल्क असुल भइरहेको विद्यार्थी संगठनले जनाएको छ ।

कोविड–१९ को महामारीबाट परेको असरका कारण अभिभावकले शुल्क तिर्न समस्या भईरहेको अवस्थामा मनोमानी ढंगले शुल्क लिन दवाव दिनु व्यवहारीक नभएको समेत उनीहरुले बताएकाछन। ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic