उद्योग वाणिज्य महासंघको निर्वाचन आज

  • मंसिर १३, २०७७
  • १,८४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ मंसिर ःनेपालको निजी क्षेत्रको ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ पदाधिकारी चयन गर्नेगरी आज निर्वाचन हुन लागेको छ ।

गत चैतमै नयाँ नेतृत्वले महासङ्घ सम्हाल्नुपर्ने भए पनि कोरोना महामारी र बन्दाबन्दीका कारण वार्षिक साधारण आयोजना हुन नसक्दा पुरानै कार्यसमितिले जिम्मेवारीमा रहेको थियो ।

महासङ्घको विधानअनुरूप अब महासङ्घको अध्यक्ष हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छा बन्नुहुने छ भने हालकी अध्यक्ष भवानी राणा पूर्वअध्यक्षको पदेन हैसियतमा रहनुहुने छ ।

आज हुने निर्वाचनको आकर्षण भनेको अर्को कार्यकालका लागि अध्यक्ष बन्ने वरिष्ठ उपाध्यक्षको चयन नै मुख्य छ । मतदान बिहान आठ बजेदेखि सुरु गर्ने तयारी छ ।

महासंघको मतदानका लागि तीन स्थान तय गरिएको छ । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुने महासंघको सचिवालयले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङ्केट बबरमहलमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुमा बस्तुगत संघ समूहको मतदानको व्यवस्था मिलाइएको छ ।

कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ । एसोसिएट, जिल्ला नगर र वस्तुगत क्षेत्रका उपाध्यक्षहरू को को बन्ने भन्ने पनि देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिनुभएको छ भने उहाँहरू दुवैले आफ्नो नेतृत्वमा आफ्नै समूह जिताउने गरी प्यानल घोषणा गरेरै निर्वाचनको प्रतिस्पर्धामा जानुभएको छ ।

ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला नगरमा गुणनिधि तिवारी र एसोसिएटमा रामचन्द्र सङ्घई प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । प्रधान समूहबाट वस्तुगतमा अन्जन श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र जिल्ला नगरमा दिनेश श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासङ्घको विधानअनुसार एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षसहित विभिन्न समूहबाट सदस्यहरू निर्वाचित हुँदै छन् । यसअनुसार जिल्ला नगरबाट १८ जना सदस्य निर्वाचित हुने छन् । यसका लागि ३८ जना व्यवसायीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सदस्यका रूपमा सात प्रदेशबाट सात सदस्य पनि निर्वाचित हँुदै छन् । यसमा प्रदेश १ मा ढकाल समूहका उम्मेदवार राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रदेश २, गण्डकी, कर्णालीबाट दुई÷दुई जनाको मनोनयन परेको छ भने बाँकीमा तीन÷तीन जनाले उम्मेदवारी दिएका छन् । संस्थापक सदस्य समूहको एक जना सदस्यका लागि दुई जनाको उम्मेदवारी छ ।

उता वस्तुगततर्पको १४ सिटका लागि दुई प्यानलबाट गरी २८ जनाको उम्मेदवारी छ । त्यस्तै १९ जना एसोसिएट सदस्यका लागि दुवै समूहबाट गरी ३१ जना मात्र प्रतिस्पर्धा गर्दै छन् । दुई राष्ट्रिय उवासङ्घबाट सन्दिप अग्रवाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

(रासस

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic