उदयपुरमा बम विस्फोट, सौर्य सिमेन्ट उद्योगलाई क्षती

  • मंसिर १९, २०७७
  • १,७६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ मंिसर ःउदयपुरको कटारीमा गएराती ४ वटा बम विस्फोट भएको छ ।

अज्ञात समुहले कटारी नगरपालिकाको वडा नं. ८ भन्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो ।

खानी क्षेत्रको एकै ठाउमा ४ वटा बम विस्फोट गराएको उदयपुर प्रहरीले जनाएको छ ।

मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । आतंकित हुदै भागदौड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् ।

घाइतेहुनेहरुमा कटारी नपा–७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा।पा।(२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाको भिमफेदि गापा।(९ का ३० वर्षिय सागर मोक्तान रहेका छन् ।

उनीहरु सबैको खुट्टामा सामान्य चोट लागेको छ । घाईतेहरु उद्योगकै कामदार रहेको बुझिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार बम विस्फोटबाट भौतिक क्षति छ, मानवीय क्षति भने भएको छैन । भागदौडमा घाइतेहरुको कटारि अस्पतालमा उपचार भएको छ ।

प्राप्त जानकारी अनुसार राती तीनरचार जनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले त्यहाँ रहेका कामदारहरुलाई हप्काउदै बम विस्फोट गराएका थिए ।सुतिरहेका कामदारहरु हप्किदप्कि पछि भागेका थिए ।

अज्ञात समुहले एक मोटर साईकल र एक स्काईभेटरमा पेट्रोल खन्याई आगजनिसमेत गरेका छन् । आगजनिबाट मोटरसाईकल पूर्ण क्षति भएको छ भने स्काईभेटरको क्याविनमा क्षति भएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बेस कटारीकाट गएको सुरक्षाटोलीले घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाएका थिए भने बम बनाउन प्रयोग गरिएका टेप, प्लाष्टिकहरु फेला पारेका थिए ।

बिस्फोट र आगोलागीबाट अन्दाजी मूल्य रु १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

घट्ना कुन समुहले घटाएको भन्ने खुल्न नसकेको, खोजी तलासी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एस.पि. दाहालले जानकरी दिएकाछन् ।

 

आज मन्त्री परिषद विस्तार हुदै चार मन्त्रीको आजै शप

छाल खवर काठमाडौं,९कार्तिक ः सुशिला काकी नेतृत्वको सरकारले मन्त्री परिषद विस ...

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, नीति र नेतृत

छाल खवर धरान,८ कार्तिक ः  कम्युनिस्ट घटकहरुबीच एकताको प्रयास चलिरहेका ...

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic