पत्रकार माथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

  • मंसिर १९, २०७७
  • ५४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
झापा ,१९ मंसिर ः सञ्चारकर्मीमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् ।

सेवाग्राहीबाट १० हजार घुस लिदै गरेको भिडियो खिचिरहेका सञ्चारकर्मीलाई खरीदार इन्द्र राजवंशीले लछारपछार गर्दै कुटपिट गरेका थिए ।

मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका थिए ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठनले घोर निन्दा र भर्त्सना गरेका थिए ।

खरदार राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले बिहान पक्राउ गरेको र आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic