खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले बढाइयो

  • मंसिर २१, २०७७
  • १,८३२ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौ,२१ मंसिर ः बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि भएको छ ।

एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो ।

तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो ।

तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार तोलामा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा ब्यापारीहरुले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘मूल्य बढेको छ भनेर नयाँ मूल्य होलसेलले पठाएका छन् तर हामीलाई कारण थाहा छैन्,’ महासचिव तुलाधरले भने ।
उपभोक्तालाई एक महिनाको बीचमै तेलको भाउ लिटरमै ५० रुपैयाँसम्मले बढेको भन्नै नसक्ने अवस्था सृजना भएको तुलाधरले बताए । महिनौंअघि उद्योगमा प्याकिङ अवस्थामा रहेका तेलको भाउ पनि ब्यापारीहरुले एक्कासी बढाएर बजारमा पठाएको तुलाधरको आरोप छ ।

तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरुले बताएका छन् । प्याकेटमा पुरानै मितिमा लेखिएको एमआरपी भएपनि होलसेलले भने नयाँ मूल्य लगाउँदा ग्राहकलाई तेल बेच्न नसक्ने अवस्था सिर्जना भएको खुद्रा व्यवसायी ध्रुब अधिकारीले बताए ।

‘एमआरपीमा कुनै एक तेलको प्रतिलिटर मूल्य १६० छ, होलसेलले नयाँ पठाएको तेल हामीले १८५ मा बिक्री गर्दा पनि नाफा छैन, उपभोक्तालाई के भन्ने हामीले कसरी तेल बिक्री गर्ने ’ अधिकारीले प्रश्न गरे ।

दुगड धारा र धारा सनफ्लावरमा खुद्रालाई दिने भन्दा पनि बढीमा अधिकतम् खुद्रा मूल्य तोकिएको महासचिव आमुलकाजी तुलाधरले बताए ।

बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने मूल्यभन्दा २० रुपैयाँसम्म बढी एमआरपी मन्त्रीको कम्पनीको तेलमा बढेको तुलाधरले बताए । बजारमा तेलेको भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्यप्रायः छ ।

पछिल्लो एक सातादेखि बजारमा तेलको भाउ बढेपनि अनुगमनकारी निकाय मौन बसेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘नियमनकारी नियका नै अब त ब्यापारीका भाषा बोल्न थालेका छन्, यसैकारण उपभोक्ता ठूलो मारमा परे’ तिमिल्सिनाले भन्छन् ।

लिटरमा ५० रुपैयाँले तेलको मूल्य बढ्दा पनि सरकार मौन बस्नु अपराध भएको उनको भनाइ छ ।
अनलाइन खवर

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic