अपहरणपछि घाँटी रेटि प्रअ श्रेष्ठको हत्या

  • मंसिर २३, २०७७
  • २,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको छ ।

मंगलबार बिहान छ जनाको समूहमा आएका आफूलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता बताउने युवाहरुले उनलाई अपहरण गरेका थिए ।

घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

mawobadi

प्रहरीले उनको घाँटी रेटिएको अवस्थामा फेला पारेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिएकाछन् ।

हात बाँधेर घाँटी रेटेर हत्या गरेको देखिएको अवस्थामा शव फेला परेको र घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीका अनुमान रहेको छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले ‘स्थानीयले गोली चलेको आवाज सुनेको खबर गरेपनि शिक्षक श्रेष्ठलाई गोली हानेको भने नदेखिएको जानकारी दिएकाछन् ।

शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरैबाट विप्लव कार्यकर्ताले अपहरण गरेको परिवारले जनाएको छ ।

मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो। त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए।

शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

सो विषयमा विप्लव समूहले सुराकी गरेकोले हत्या गरीएको भन्दै घटनाको जिम्मेवारी लिएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic