अपहरणपछि घाँटी रेटि प्रअ श्रेष्ठको हत्या

  • मंसिर २३, २०७७
  • २,४१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ःमोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको छ ।

मंगलबार बिहान छ जनाको समूहमा आएका आफूलाई नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता बताउने युवाहरुले उनलाई अपहरण गरेका थिए ।

घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

mawobadi

प्रहरीले उनको घाँटी रेटिएको अवस्थामा फेला पारेको प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिएकाछन् ।

हात बाँधेर घाँटी रेटेर हत्या गरेको देखिएको अवस्थामा शव फेला परेको र घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यापछि विप्लव कार्यकर्ताले हवाइ फायर गरेको हुनसक्ने प्रहरीका अनुमान रहेको छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले ‘स्थानीयले गोली चलेको आवाज सुनेको खबर गरेपनि शिक्षक श्रेष्ठलाई गोली हानेको भने नदेखिएको जानकारी दिएकाछन् ।

शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरैबाट विप्लव कार्यकर्ताले अपहरण गरेको परिवारले जनाएको छ ।

मिक्लाजुङ पाँचथर र धनकुटाको सिमानामा पर्ने मोरङको विकट पहाडी क्षेत्र हो। त्यहाँ विप्लव समूहले पहिलेदेखि नै गतिविधि बढाएका थिए।

शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

सो विषयमा विप्लव समूहले सुराकी गरेकोले हत्या गरीएको भन्दै घटनाको जिम्मेवारी लिएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic