दुइतिहाईको सरकार गरीवमारा भएको खेलकुद विभाग अध्यक्ष–वस्नेतको आरोप

  • पुस ४, २०७७
  • ९,८९८ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,४ पुष ःनेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहनबहादुर बस्नेतले दुई तिहाइको सरकार गरिबमारा रहेको आरोप लगाएकाछन् ।

खेलकुद क्षेत्र तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरु तथा संघ ंसंस्थाहरुलाई नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले धरानमा आयोजना गरेको सम्मान कार्यक्रममा बस्नेतले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकारले जनहितमा कार्य गर्न नसकेको वताउदै कमिसन र भष्ट्राचारमा लिप्त रहेको आरोप लगाए ।

pp1

।कार्यक्रममा प्रदेश नम्वर १ का पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बाले वर्तमान सरकार जनताको पक्षमा काम गर्नुभन्दा भ्रष्टाचार गर्न तल्लिन रहेको वताए ।

खेल क्षेत्र तथा समाजमा अहोरात्र खटेर कार्यगर्ने हरुका लागि प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य किशोर राईले वताए ।

विभागले धरानबाट १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण तथा रजत पदक प्राप्त गर्ने खेलाडीहरू बास्केटबलतर्फ डा.आशा राई, तेक्वान्दो तर्फ युनिशा राईलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

सागमा स्वर्ण पदक प्राप्त गर्ने फुटबलतर्फ हेमन्त थापा मगर, गल्फतर्फ टङ्क कार्की ,शुक्रबहादुर राई र नीरज तामाङ , त्यसै गरी तेक्वान्दो तर्फ सिना मादेन, सुशीला राई र स्वस्तिका तामाङलाई जनही १० हजार नगदले सम्मान गरिएको छ ।

प्रशिक्षकहरूमा बास्केट बलतर्फ विकास रार्ई तेक्वान्दो तर्फ गोपाल राई र मदन राईलाई नगद हजार सहित सम्मानित भएका छन् ।

त्यसै गरी बक्सिङतर्फ अनुप लामा,टेबल टेनिस तर्फ विनोद शाक्य र कराते तर्फ दिपेश शाक्य सम्मानित भएका छन् ।

त्यसैगरी बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानकी नर्स पदमकुमारी लिम्बु ,कुचीकार गोविन्द मरिक र यातायात मजदुरतर्फ विकास राईलाई नगद ५ हजार सहिति सम्मान गरीएको थियो ।

विभागले सामाजिक क्षेत्रमा योगदान प्ु¥याउने संस्थाहरुलाई समेत सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी, धरान जेसिस,परिवार नियोजन सङ्घ,सञ्जीवनी पुनर्स्थापना केन्द्र धरान, लाइन्स क्लव धरान लगायतका संस्थाहरुलाई सम्मान गरीएको थियो ।

सोही अवसरमा काँग्रेसका योद्धा हेमलाल याङदेन लिम्बु, महिला अधिकारकर्मी मिना पुलामी मगरलाई विशेष सम्मान गरिएको थियो ।

प्रदेश १ का बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारका लागि नगद १० हजार प्रदान गरिएको छ ।

 ७७ पिन्ट रगत संकलन

कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् ।

कोरोना महामारीको कारण देशैभर रगत अभाव भइरहेकले रक्तदान कार्यक्रमको आयोजना गरीएको खेलकुद विभाग सदस्य किशोर राईले जानकारी दिएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic