पद बाँड्दै ओली कसका लागि के–के अफर ?

  • पुस ५, २०७७
  • ३,१७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,५ पुष ः नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे। स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्न सक्ने सुईको पाएका ओलीले आज नेताहरूलाई आफूतिर तान्ने र त्यो नमाने तर्साउने रणनीति एकसाथ जारी राखेका छन्।

उनको राजनीतिक भेटघाटका मूलतः तीन उद्देश्य देखिन्छ, १। वामदेवलाई अध्यादेशको कार्ड फालेर आफ्नो कित्तामा तान्ने वा तटस्थ राख्ने, २। त्यसपछि स्थायी समितिमा जारी बहसलाई सचिवालयमा फर्काउने र समय लम्बाउने, ३। उल्लेखित दुवै उपाय सम्भव नभए अध्यादेश यथावत् राखेर नेताहरूलाई तर्साउने।

एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर राज्य शक्ति लगाएर दमन गर्ने रणनीति सँगसँगै अघि बढाएपछि कुनै पनि नेता ओलीको बोलीमा विश्वास गर्न सक्ने अवस्थामा छैनन्। यता प्रचण्ड(नेपाल समूह ओलीसँग निर्णायक लडाइँ लड्ने प्रण गरेका छन्।

पार्टीको बहस स्थायी समितिमा झरिसकेका कारण अब सचिवालयमा होइन, केन्द्रीय समितिमा पुर्‍याएर विवादको छिनोफानो गर्ने तयारीमा बहुमत समूह जुटेको छ।

तर प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा नेताहरूलाई विभिन्न पदहरू दिने आश्वासन सहित आफूतिर तान्ने प्रयास भने जारी राखे।उनले शक्तिशाली नेतालाई आफ्नो पक्षमा पार्नको लागि कम्मर कसेर लागे उनले पदको लोभ समेत देखाउन भ्याए ।

ओलीले कसलाई कुन पदको अफर गरे ?

प्रचण्ड– महाधिवेशनपछि एकल अध्यक्ष, चुनावपछि प्रधानमन्त्री।

माधव नेपाल  पूर्वएमाले ब्युताए पार्टी अध्यक्ष, चुनावपछि प्रधानमन्त्री।

वामदेव गौतम प्रचण्ड नेपाल समूह छोडे अहिल्यै अध्यक्ष, चुनावी सरकारको प्रधानमन्त्री, आफ्नो समूहको उत्तराधिकारी।

रामबहादुर थापा बादल  कित्ता क्लियर गरेर आए आफ्नो उत्तराधिकारी, नवगठित एमालेको अध्यक्ष

ईश्वर पोखरेल  आफ्नो समूहको उत्तराधिकारी, आफ्नो कार्यकालपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष।

सुरेन्द्र पाण्डे  आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट जोगाए सहमति गरेर पार्टी महासचिव।

शंकर पोखरेल  नेकपाभित्र जारी विवादलाई मिलाएपछि तत्कालै पार्टीको महासचिव।

टोपबहादुर रायमाझी  आफ्नो कित्तामा उभिएर पूर्वमाओवादी नेता तानेमा सरकारमा उपप्रधानमन्त्री।

हरिबोल गजुरेल  तेस्रो धार जन्माएर आफ्नो संकट टरेपछि सरकारमा रोजेको मन्त्रालय।

घनश्याम भुसाल  पार्टीभित्र मध्यमार्गी भूमिका खेले सरकार पुनर्गठनपछि रोजेको मन्त्रालय।

लेखराज भट्ट  नेकपामा आफ्नो बहुमत पुगेपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज।

भीम रावल  सरकारको समर्थनमा उभिए रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री।

झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग भने ओलीले त्यस्तो कुनै अफर गरेका छैनन्।किनकी उनीहरुसंग कुनै समूह नभएकोले उनले कुनै अफर गरेका छैनन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic