उद्योग वाणिज्य महासंघमा समिति गठन, कसको जिम्मामा कुन समिति ?

  • पुस ५, २०७७
  • २,१८१ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं,५ पुष ः नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति गठन गरेको छ । महासंघको विधानअनुसार गठित समिति तथा फोरमको सभापति पनि चयन गरिएको छ ।

महासंघको उद्योग समितिको जिम्मेवारी भरतराज आचार्य, व्यापार समिति विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समिति डीबी बस्‍नेत, महिला उद्यमी विकास समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समिति प्रकाशसिंह कार्कीलाई दिइएको छ ।

यस्तै कर तथा राजस्व समिति सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समिति ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्‍चार प्रविधि विकास समिति मंगेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बिमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समिति आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोभेसन समिति रञ्‍जितराज आचार्य, स्थानीय विकास समिति सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समिति हेमराज ढकाल, निर्यात प्रवर्द्धन समिति मनीषलाल प्रधान, व्यापार मेला समिति नरेन्द्र खड्का, ऊर्जा तथा वातावरण समिति गोपाल खनाल र सहरी विकास समितिको जिम्मेवारी मीनमान श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम इन्जिनियर देशबन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरम राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरम आकाश अधिकारी, पुँजी बजार फोरम अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका सभापति एवं सदस्यहरुले सिंगो निजी क्षेत्रलाई सशक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाइसहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिए ।

कार्यक्रममा उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी थिए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic