८ नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रालय (सूचीसहित)

  • पुस १०, २०७७
  • २,१२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१० पुष ः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्। प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन्।

८ जना थपिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा, जुली कुमारी महतो, प्रेम आले र गणेश ठगुन्ना हुन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री नियुक्त भएकी छन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू

टोपबहादुर रायमाझी( उर्जा
मणि थापा( खानेपानी
प्रभु साह( शहरी विकास
प्रेम आले( वन
गणेश ठगुन्ना( सामान्य प्रशासन
गौरी शंकर चौधरी( श्रम
दावा लामा( युवा तथा खेलकुद
जुली कुमारी महतो( महिला बालबालिका
विमला विश्वकर्मा( उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल( पर्यटन ९मन्त्रालय हेरफेर०
हृदयेश त्रिपाठी( स्वास्थ्य ९मन्त्रालय हेरफेर०
लीलानाथ श्रेष्ठ( कानुन
शिवमाया तुम्बाहाङ्फे( भूमिसुधार
पद्मा अर्याल( कृषि
कृष्ण गोपाल श्रेष्ठ( शिक्षा
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic