उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

  • पुस ११, २०७७
  • १,५९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः व्यापारीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले विज्ञप्ति प्रकाशन गरी साधारण सभा तथा निर्वाचन स्थगित गरेको जानकारी गराएका हुन ।

विराटनगरस्थित एक होटलमा शनिबारका लागि साधारणसभा तय गरीएको थियो ।

स्थानीय गर्ग प्रिन्टर्सका अन्ताज हुसेनले विराटनगरस्थित उच्च अदालतमा साधारण सभा तथा निर्वाचन नियम विपरीत रहेको जनाउँदै रिट दायर गरेपछि उच्च अदालतले शुक्रबार साधारणसभा स्थगित गर्न आदेश जारी गरेको थियो । अदालतको आदेशपछि महासंघले सोही दिन सूचना निकाल्दै कार्यक्रम स्थगित गरेको हो।

हुसेनले साधारण सभा एकमहिना अघि बोलाउनु पर्नेमा ९ दिनअघि मात्र महासंघले सूचना जारी गरेको भन्दै रिट दायर गरेका थिए ।

महासंघका कार्यकारी निर्देशक भण्डारीका अनुसार सूचना जारी अर्को सुचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

केन्द्रको निर्वाचनको असर प्रदेशमा पनि रहेको वताईको छ । केन्द्रमा केही समय अघि भएको निर्वाचनमा किशोर प्रधान र चन्द्र ढकालको समूहवीच प्रतिष्पर्धा भएको थियो । ढकाल विजयी वनेका थिए ।सोही निर्वाचनको असर प्रदेशमा पनि भएको वताइएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic