उद्योग वाणिज्य महासंघको साधारण सभा स्थगित

  • पुस ११, २०७७
  • १,५६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः व्यापारीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा तथा निर्वाचन स्थगित भएको छ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले विज्ञप्ति प्रकाशन गरी साधारण सभा तथा निर्वाचन स्थगित गरेको जानकारी गराएका हुन ।

विराटनगरस्थित एक होटलमा शनिबारका लागि साधारणसभा तय गरीएको थियो ।

स्थानीय गर्ग प्रिन्टर्सका अन्ताज हुसेनले विराटनगरस्थित उच्च अदालतमा साधारण सभा तथा निर्वाचन नियम विपरीत रहेको जनाउँदै रिट दायर गरेपछि उच्च अदालतले शुक्रबार साधारणसभा स्थगित गर्न आदेश जारी गरेको थियो । अदालतको आदेशपछि महासंघले सोही दिन सूचना निकाल्दै कार्यक्रम स्थगित गरेको हो।

हुसेनले साधारण सभा एकमहिना अघि बोलाउनु पर्नेमा ९ दिनअघि मात्र महासंघले सूचना जारी गरेको भन्दै रिट दायर गरेका थिए ।

महासंघका कार्यकारी निर्देशक भण्डारीका अनुसार सूचना जारी अर्को सुचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।

केन्द्रको निर्वाचनको असर प्रदेशमा पनि रहेको वताईको छ । केन्द्रमा केही समय अघि भएको निर्वाचनमा किशोर प्रधान र चन्द्र ढकालको समूहवीच प्रतिष्पर्धा भएको थियो । ढकाल विजयी वनेका थिए ।सोही निर्वाचनको असर प्रदेशमा पनि भएको वताइएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic