मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री

  • पुस ११, २०७७
  • १,८५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः आफै विरुद्ध अविस्वास प्रस्ताव ल्याउन लागेको र कार्यसम्पादन राम्रो नभएको आरोप लगाउदै प्रदेश १ का अर्थमन्त्रीलाई मुख्यमन्त्रीले हटाएकाछन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई शनिवार पदबाट हटाएका हुन ।

मुख्यमन्त्री राईले कार्यसम्पादन राम्रो नभएको, मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै आङवोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष्टि गरेकाछन् ।

कार्यसम्पादन चित्त बुझ्दो नभएको र मुख्यमन्त्रीविरुद्ध नै चलखेल भएकोले पदमुक्त गरिएको हो सुवेदीले वताएकाछन् ।
आङ्बो पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका थिए । उनी पार्टी विभाजन हुँदा भने प्रचण्ड माधव समुहतिर लागेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आफै मुख्यमन्त्री बन्ने दौडमा आङ्बो रहेको बताइएको छ ।

आइतवार मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने चर्चा चलिरहेको वेला मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई हटाएकाछन् ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic