चिरञ्जीवी बचतको कारोवार १ अर्व भन्दा माथि साधारण सभामा ३९ जना सम्मानीत

  • पुस १३, २०७७
  • ८,०७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ ।

संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए ।

धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बचतकर्ता १ जना , उत्कृष्ट शेयर सदस्य १ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

hhhhhhhhh

संस्थामा हाल शेयर पुँजी ५४ लाख ६४ हजार ८ सय ४४ रूपैयाँ रहेको र संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाख ५७ हजार २२ रुपैयाँ कुल निक्षेप संकलन गर्न सफल भएको संस्थाका व्यवस्थापक साजन श्रेष्ठले जानकारी दिएकाछन् ।

संस्थाले वित्तिय कारोवारका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने संस्थाका अध्यक्ष खेमबहादुर माझीले वताए । माझीले संस्थाले शेयर पूँजी वृद्धि गर्दै जाने लक्ष्य लिएको वताए ।

chirinbi bi 2

कार्यक्रमका प्रमुख अतिथि धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले ने उल्लेख गरेका थिए । समाजमा छरीएर रहेका पूँजीहरुलाई संगठित गर्दै समाजमा आर्थिक परिवर्तनको लागि सहकारीले .महत्वपूर्ण योगदान पुर्याउन सफल भएको उल्लेख गरेका थिए । साना व्यवासायीहरुको आर्थिक वृद्धिका लागि सहकारी कोसेढुड.गा सावित हुने समेत काफ्लेको दावी रहेको थियो ।

काफ्लेले कोमामा पुगेको सहकारीलाई मृत रुप दिएर उदाहरणीय कारोवार गरेर देखाएको भन्दै प्रसंशा गरेका थिए । छोटो समयमा सहकारीले निकै ठूलो कारोवार गर्न सफल भएको छ ।

chirinjibi

कार्यक्रममा पंखवति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बराहक्षेत्रका अध्यक्ष गणेश गिरी,उपाध्यक्ष अशोक साह,व्यवस्थापक चक्रबहादुर राई,नेशनल लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाका प्रमुख हरीप्रसाद खतिवडा लगाएको उपस्थिति रहेको थियो ।

dddd 1

कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक सदस्य दिपा राईले गरेकीथिइन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic