अनियमितता गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ

  • पुस १४, २०७७
  • २,०२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१४ पुष ः कमसल सुन राखेर धेरै कर्जा प्रवाह गरेको आरोपमा महालक्ष्मी विकास वैंकका कर्मचारी पक्राउ परेकाछन् ।

महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको आरोपमा तत्कालीन सुन जाँचकी पक्राउ परेका हुन ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पदमचन्द्र ज्ञवाली रहेकाछन् ।

ज्ञावलिजागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह गरेको पत्ता लागेको थियो ।

ज्ञवाली २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा कार्यरत रहेका थिए ।

सोही प्रकरण बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाले ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिएकाछन् ।

घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केही समय अघि नेपाल वैंक लिमिटेड धरान शाखा र सेन्चुरी वैंकमा पनि सोही प्रकृतिको घटना भएको थियो । सो क्रममा कर्मचारीहरु कार्वाही भोगीरहेकाछन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic