होटल रेष्टुरेन्टलाई स्तरोन्नतिका लागि दुइ दिने तालिम

  • पुस २१, २०७७
  • ३,९८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुष ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा होम स्टे तथा होटल रेष्टुरेन्ट क्यान्टीन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुइदिने तालिम सम्पन्न भएको छ ।

ubasanga = 2

धरानमा आयोजना गरीएको सो कार्यक्रममा धरानका ३७ जना होटल सञ्चालकहरु सहभागी रहेको सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले वताए ।


तालिममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले होटल रेष्टुरेन्टको समास्या समाधान र स्तरउन्नतीका लागि खाद्य स्वच्छताको महत्वको विषयमा जानकारी दिएका थिए ।
स्वच्छ र सफा भएको खण्डमा ग्राहकको आर्कषण हुने भएकोले व्यवसाय सञ्चालनमा सफलता मिल्ने समेत उल्लेख गर्नुभयो ।

ubasang = 3


उक्त तालिममा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारकी प्राध्यापक बविता अधिकारी,होटलमेनेजमेन्ट कलेज धरान १६ का प्राध्यापक गगन श्रेष्ठ लगायतले तालिममा प्रशिक्षण दिएकाथिए ।
तालिममा सहभागीहरुलाई सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले स्वागत गरेका थिए भने कार्यसमिति सदस्य रामस्वरुप शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
होटल तथा रेष्टुरेन्टहरुलाई यस्ता तालिमहरुले स्तरउन्नती गर्नका लागि थप सहयोग पुग्ने अपेक्षा गरीएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic