हिउँदे अधिवेशन तयारीमा सभामुख भण्डारी व्यस्त

  • पुस २७, २०७७
  • २,४२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुष ःसत्तारुढ दलको आन्तरीक विवादको समयमा आगामी माघ ७ गते दिनको २ बजेबाट प्रारम्भ हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशन सहज सञ्चालन गर्न सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श थाल्नु भएको समाचार स्रोतले बताएको छ ।

स्रोतका अनुसार सभामुख भण्डारीले आईतवार प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता राजिव कोईराला, प्रमुख सचेतक केदार कार्कीसँग परामर्श गर्नु भएको थियो ।

आईतवार नै सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्रालयको कार्यभार सम्हालेका आन्तरिक मामिला मन्त्री हिकमतकुमार कार्कीसँग आफ्नै कार्यकक्षमा भेट गरी आवश्यक परामर्श गर्नुभएको बताइएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोलाई मुख्यमन्त्री राईले पदबाट बर्खास्त गरेको भोली पल्ट नै मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएगरीएपछि कडा आन्तरीक अन्तरसंघर्ष चलिरहेको छ । अन्तर विरोध यतिसम्मकी एक पक्षले अर्को पक्षलाई कार्वाही गर्ने अवस्थासम्म आईपुगेको छ ।

कठिन मोडमा रहेको पार्टीको आन्तरीक अन्तरद्धन्द्धका वीचमा तय गरीएको हिउदे अधिवेशनलाई सफल वनाउन सभामुख भण्डारी छलफल र भेटघाटमा व्यस्त रहनु भएको छ ।

सभामुख भण्डारीले सत्तारुढ दल भित्र किचलो चर्किरहेको बेला शुरु हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशन सहज सञ्चालन गर्न प्रदेशका मुख्यन्यायाधिवक्त चुडाराज आचार्यसँग पनि आईतवार नै आफ्नै कार्यकक्षमा भेट गर्नु भएको बुझिएको छ । त्यसैगरि आइतवार नै प्रदेशसभामा जनता समाजवादी पार्टीका संसदिय दलका नेता जयराम यादवसँग पनि उहाँले भेट गर्नु भएको स्रोतले बतायो ।

स्रोतका अनुसार सभामुख भण्डारीले हिउँदे अधिवेशनको नजिकिदै गर्दा परामर्शको क्रम तिब्र बनाउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा विभाजनको संघारमा पुगेको अवस्थामा यस्को प्रभाव प्रदेशसभामा पनि देखिएको छ । प्रतिनिधी सभा विघटन सँगै अलग अलग भेला तथा बैठक गर्दै विभाजनको अभ्यासमा रहेका नेकपाका दुई समूहको अनतरविरोधले प्रदेशसभाको हिउँदे अधिवेशन प्रभावित हुने संकेत देखिएको छ ।

एक पक्षले अविस्वासको प्रस्ताव लिएर सत्ताच्युत गर्ने तयारी गरीरहेको छ भने अर्को पक्षले अविस्वासको प्रस्तावको सामान्य वहुमतबाट सामाना गर्ने भन्दै आन्तरीक तयारी गरीरेको स्रोतको भनाई रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic