कृषक र उपभोक्तालाई जोडन धरान ७ मा खुल्यो कृषि बजार

  • पुस २७, २०७७
  • २,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुष ः धरान कृषि बजारले निकै स्थान थालेकाछन् । धरानमा सव्जि बजारका लागि भानुचोक स्थित सव्जिमण्डी प्रसिद्ध छ भने चिनिया चोकमा पनि सव्जि बजार सञ्चालनमा रहेको छ । धरान १३मा कृषि उपज वजारस्थाल नै छ जो नेपाल कै उत्कृष्ठ वनेको छ ।

धरानमा कृषि वजारको आर्कषण वढदै जादा अर्को वजारको आवस्यकतालाई मध्यनजर गरी धरान ७ स्थित शुक्रपथ (पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन भएकोछ ।

कृषि वजारको राम्रो अनुभवीको रुपमा रहेका स्थानीय व्यापारी काजी गिरी , मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राईको संयुक्त लगानीमा लगभग ५ कठ्ठा जग्गामा निर्माण गरीएको मिनि मार्केटमा सो बजार सञ्चालनमा आएको हो ।

krishi 3

उनीहरुले ११ बर्षको लागि जग्गा भाडामा लिएर कृषक र उपभोक्ताहरुलाई सोझै जोडने उद्देश्यले ।बजारको स्थापना गरीएको सञ्चालक मध्येका काजी गिरीले वताउनु भयो ।

उद्घाटन पश्चात वोल्दै प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले देशको आर्थिक उन्नतिका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

धरानको कृषि बजारमा नेपालभरिका हिमाल,पहाड तराई देखी कृषिजन्य बस्तु भित्रिए पनि बजारको ब्यबस्थापना नभएकोले व्यवस्थित बजारको आवश्यकता औल्याउनु भयो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले स्थानिय किसानहरुले उत्पादन गरेको कृषि उत्पादनमा बिचौलिया रहित भएर बजारीकरण गर्न आग्रह गर्नुभयो ।

krishi

राईले बिचौलिया को कारण उपभोक्ताहरुले महंगोमा खरीद गर्नुपरिरहेको ले स्थानिय उपजले सही मुल्य पाउनुपर्ने मा जोड दिनुभयो ।

कृषकको उत्पादनलाई बजारिकरण गर्ने,स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने,उत्पादीत वस्तुहरु सुफत मुल्यमा आम उपभोक्तालाई उपलव्ध गराउने,कालोबजारी तथा विचौलिया न्युनिकरण गर्ने,धरान थोक बजारमा आउने कृषि उपजलाई विविधिकरण गरी यस बजार मार्फत थोक तथा खुद्रा व्यपारी र आम उपभोक्तालाई सस्तो मुल्यमा विक्रि गर्ने बजारको प्रखुम उदेश्य रहेको बजार सञ्चालक समितिका अध्यक्ष काजि गिरीको भनाई रहेको छ ।

यस बजार सञ्चालन पश्चात पानवारी,ठिंगावारी,हर्दिया,तेलनपुर,दानावारी,सुमनटार,याङशिला,विष्णुपादुका,साथै आसपासका क्षेत्रहरु भरौल,चक्रघट्टी,प्रकाशपुर,चतरा,तरहरा,आपगाछी लगायतका निम्न वर्गका किसानहरुले आफ्नो उत्पादन उचित मुल्यमा उपभोक्तालाई विक्रि गर्नका लागि विक्रि स्थलको रुपमा स्थापित गरीने अर्का सञ्चालक दिलबहादुर राईले बताउनु भयो ।

सो क्षेत्रमा ९१ लाख लगानीमा बजार सञ्चालनमा ल्याएको र बजारले किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सञ्चालक दिलबहादुर राईले जानकारी दिनुभयो ।बजारमा १ ओपन सेटसहित ५९ वटा स्टलहरु रहेका छन् । जसमध्ये ९० प्रतिशत फलफुल तरकारीका पशलहरु रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic