संसद विघटनको विरोधमा कांग्रेसले वडाहरुमा प्रदर्शन गर्दै

  • माघ ८, २०७७
  • १,७४८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,८ माघ ः संसद विघटनको विरोधमा तीन चरणमा आन्दोलनको घोषणा गरेको नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ ।

नेपाली कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

तेस्रो चरणमा वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र कतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

नेकपाको प्रचण्ड र नेपाल समूहको देशभर विरोध कार्यक्रम आयोजना गरेता पनि चरणवद्ध भने आयोजना गरेको छैन । तर नेपाली कांग्रेसले भने तल्लो तहसम्म विरोध कार्यक्रमको आयोजना गरेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic