प्रथम वडाध्यक्ष कपको उपाधी जोरसखुवालाई

  • माघ १०, २०७७
  • ८६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघ ः धरानमा जारी प्रथम वडाध्यक्ष रनिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी जोरसखुवा क्लवले हात पार्न सफल वनेको छ ।

शनिवार भएको फाइनल खेलमा जोरसखुवाले वेब क्लवलाई १ शुन्य ०ले हराउदै उपाधी हात पार्न सफल वनेको हो ।

खेलको म्यान अफ दि म्याच जोरसखुवा क्लबका किपर ईसान राई घोषित भए । खेलको व्याक्तिगत बिधा तर्फ खेलमा वेब क्लवका रितेश निरौला बेस्ट किपर घोषित भए भने जोरसखुवाका प्रविन भुजेल वेष्ट डिफेन्स भए ।जोरसखुवा कै विजय राई मिडफिल्ड घोषित भए ।जोरसखुवाका जमिन लिम्वुले फरवार्डको उपाधी हात पारे ।

final photo =  first paje

सर्वाधिक गोलकर्तामा जोरसखुवाका सरोज लकान्द्री घोषित भए भने जोर सखुवा कै श्रेन लामा उदियमान खेलाडी घोषित भए ।

प्रतियोगितामा प्रथम कप श्याम कुमार लिम्वुले सहयोग गरेका थिए भने प्रथम पुरस्कारको नगद हरीभक्त राई गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको दोस्रो कपको जीवन राईले सहयोग गरेका थिए भने दोस्रो नगद भवन याक्खाले गरेका थिए ।
विजेता टिम जोरसखुवा क्लवले नगद १५ हजार सहित टफि मेडल हात पारेको छ भने उपविजेता वेब क्लवले नगद ७ हजार टफि मेडल हात पारेको छ ।

photo 11 murari dai

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि धरान १६ का कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेस कुमार श्रेष्ठले विजेता क्लवलाई ६ हजार नगद र उपविजेता टिम वेबलाई ४ हजार नगद व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष डिल्लि बहादुर भुजेल ले गरेका थिए ।

photo = 3 photo = 4 photo = 7 photo =9 photo = 10 photo = 5 photo = 12 photo = 8 photo 11 murari dai 1 photo 6 photo =13

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic