प्रेस युनियनद्धारा पत्रकारहरुको ७ लाखको बिमा

  • माघ १४, २०७७
  • २,१६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ माघ ः नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १५ जना पत्रकारहरुको निःशुल्क दुर्घटना बिमा गरेको छ ।

अजोड इन्स्योरेन्स काठमाडौँसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो ।

गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बिच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मिको ७ लाखको दुर्घटना बिमा गर्ने उल्लेख थियो ।

बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो,’ उनले भने, ‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उनीहरुको बिमा गर्न सकेनौँ ।’

उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरु समेटिएको बताए ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बिमा गरेको बताए ।

सम्झौता २ सय ६० जना सञ्चारकर्मिको बिमा गर्ने भएपनि काागजात माग गर्दा धेरै संख्यामा सञ्चारकर्मिहरुले आबेदन गरेपनि ३ सय १४ जनाको मात्रै बिमा गरिएको अध्यक्ष अधिकारीले बताए ।

सम्झौता भन्दा माथि गरिएका बिमित सञ्चारकर्मिहरुले पैसा भने पे्रस युयियन सुुनसरीले तिरेको अधिकारीले बताए ।

‘हामीले यसअघि कोरोना बिमा गरिएको दुई सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’ उनले भने, ‘ती मध्य २२ जनाको एकलाखका दरले रकम आइसकेको छ ।’ उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैँया हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रुपैँया सम्म रकम पाउनेछन् ।

यसअघि युनियनले विराटनगरको नोबेल अस्पतालसँग पत्रकारको उपचार खर्चमा लाग्ने पचास प्रतिसत छुटका लागि सम्झौता समेत गरेको उनले उदृत गरे ।

प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले दुर्घटना बिमाले पत्रकारिताप्रतिको आकर्षण बढाउने बताए ।
उनले भने, ‘महासंघले सबै अटाउन नसकिरहेको अवस्थामा युनियनले जिल्लाकै तीन सयको बिमा गरिनुले पत्रकारिताप्रतिको आकर्षण बढाउँछ ।

उनले उक्त कामले सञ्चार क्षेत्रमा आबद्ध मानिसहरुमा सकारात्मक प्रभाव पर्ने बताए । प्रदेश १ का अध्यक्षहरुको पनि बिमा साथै, युनियनका प्रदेश १ भरीका अध्यक्षहरुको पनि बिमा गरिएको छ ।

सुनसरी अध्यक्ष अधिकारी सहित प्रदेश १ का १४ जिल्लाका अध्यक्षहरुको बिमा पनि गरिएको हो ब्यावस्थापन समिति संयोजक पोखरेलले बताए ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic