नेकपा प्रचार विभाग प्रमुख लामगादे जनता समाजवादीमा

  • माघ २५, २०७७
  • ४,२२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरानका प्रचार विभाग प्रमुख तारा लामगादेले पार्टी परित्याग गरेकाछन् ।

जनता समाजवादीद्धारा आइतवार धरानमा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादे नेकपा परित्याग गरी जसपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

पार्टी प्रवेशसँगै जनयुद्धदेखि उठाउदै आएको मुद्दा पार्टीमा विलय हुदै गएकोले आफू पार्टी परित्याग गरेको लामगादेको भनाई रहेको थियो ।

लामगादेलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत सकृय पत्रकार हुन् ।

क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समेत रहेका लामगादे महाप्रतिवाद सप्ताहिकको प्रधान सम्पादक हुन ।

दलित पत्रकार संघका केन्द्रीय सदस्य पनि हुन् । उनी धरान उपमहानगरको दलित विकास समितिका सदस्य सचिव पनि हुन् ।

लामगादेले जनमोर्चाबाट राजनीतिक शुरुवात गरेका उनी २०५८ सालदेखि तत्कालिन माओवादीमा पुर्णकालिन भएका थिए ।

नेकपामा अधिकार प्राप्तीको आन्दोलन भन्दा पनि पदीय भागभण्डा र आन्तरिक किचलोमा फसेको टिप्पणी समेत उनले गरेकाछन् ।

उनले केही दिनअघि मात्र को हुन् दलित भन्ने पुस्तक प्रकाशन गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic