नेकपा प्रचार विभाग प्रमुख लामगादे जनता समाजवादीमा

  • माघ २५, २०७७
  • ४,१७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धरानका प्रचार विभाग प्रमुख तारा लामगादेले पार्टी परित्याग गरेकाछन् ।

जनता समाजवादीद्धारा आइतवार धरानमा आयोजित अन्तक्रिया कार्यक्रममा लामगादे नेकपा परित्याग गरी जसपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

पार्टी प्रवेशसँगै जनयुद्धदेखि उठाउदै आएको मुद्दा पार्टीमा विलय हुदै गएकोले आफू पार्टी परित्याग गरेको लामगादेको भनाई रहेको थियो ।

लामगादेलाई पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई लगायत शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका थिए । लामगादे धरानमा कार्यरत सकृय पत्रकार हुन् ।

क्रिष्टियन पत्रकार संघका केन्द्रीय अध्यक्ष समेत रहेका लामगादे महाप्रतिवाद सप्ताहिकको प्रधान सम्पादक हुन ।

दलित पत्रकार संघका केन्द्रीय सदस्य पनि हुन् । उनी धरान उपमहानगरको दलित विकास समितिका सदस्य सचिव पनि हुन् ।

लामगादेले जनमोर्चाबाट राजनीतिक शुरुवात गरेका उनी २०५८ सालदेखि तत्कालिन माओवादीमा पुर्णकालिन भएका थिए ।

नेकपामा अधिकार प्राप्तीको आन्दोलन भन्दा पनि पदीय भागभण्डा र आन्तरिक किचलोमा फसेको टिप्पणी समेत उनले गरेकाछन् ।

उनले केही दिनअघि मात्र को हुन् दलित भन्ने पुस्तक प्रकाशन गरेका थिए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic