युएन नवोदय कलेज प्रदेश १ कै उत्कृष्ट ल्याउन सफल

  • माघ ३०, २०७७
  • ८,४६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ३० माघ ः युएन नवोदय कलेजले कलेज धरानले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्याथीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।

बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ लाई सम्मान गरीएको थियो ।

4

उनीहरु प्रदेश १ कै उत्कृष्ठ रहेको विद्यालयको दावी रहेको छ ।

कलेजले दिएको जानकारी अनुसार रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीयको नतिजा हात पार्न सफल वनेकी छिन् । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ जिपिए र दिलाले २०२० मै ३.६२ जिपिए ल्याउन सफल बनेकी थिइन् ।

3 2

उनीहरुलाई कलेजले प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको थियो । उनीहरुलाई प्रोत्साहन गर्नको लागि पुरस्कृत समेत गरीएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले वताएकाछन् ।

क्याम्पस प्रमुख तुम्बापोका अनुसार गत वर्ष पनि कलेजका विद्यार्थी होटल म्यानेजमेण्ट,म्यानेजमेन्ट तर्फ प्रदेश १ को प्रथम साथै टियुअन्तर्गत देशभरबाट सेकेण्ड टपर समेत बन्न सफल भइसकेकाछन् । 

2 (2)

कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कलेजले सफलता हात पार्नमा शिक्षक, अभिभावकको भूमिका र विद्यार्थिको मिहिनेतका कारण निरन्तर सफलता हासिल गर्दै आएको दावी गरे ।

कार्यक्रमको सञ्चालन होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगन श्रेष्ठले गरेका थिए ।

धरानमा भएका कलेज मध्ये युएन कलेज छोटो समयमा सफलताको उचाईमा पुग्ने कलेजको रुपमा पहिचान वनाउन सफल वनेको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic