हाङ्थुम कपको उपाधी न्यु युवा क्लबलाई

  • फागुन ९, २०७७
  • २,२०२ पटक पढिएको
  • उमेश जिमि
alt

उमेश जिमि
धरान,९ फागुन ःहाङ्थुम क्लव मूलखर्कले आयोजना गरेको खुल्ला पुरुष फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।
श्री पञ्चमीको अवसर पारेर २०३६ साल देखि हरेक वर्ष आयोजना हुँदै आईरहेको फुटवल प्रतियोगिता मादी नगरको लोकप्रिय प्रतियोगिता बन्दै आएको छ ।

विगत वर्षहरुमा मादी नगर आमन्त्रण कप गरिँदै आएकोमा यो वर्ष नगर खेल समिति र हाङ्थुम क्लव विचको विवाद नमिलेपछी हाङ्थुम कपको रुपमा क्लवले सञ्चालन गरेको क्लवका अध्यक्ष अशिम जिमीले वताए।

प्रतियोगिता गत फागुन ४ गतेवाट सुरु गरिएको थियो । प्रतियोगितामा १० वटा टिम सहभागी भएका थिए ।

फाईनल खेलमा न्यु युवा क्लव आखिभुईले पञ्चकन्या युवा क्लव कुन्ताङलाई ३–१ गोल अन्तरले हराउदै उपाधी हात पार्न सफल भएको थियो ।

समापन समारोहमा पुर्व स्वास्थ्य राज्यमन्त्री दिपक खड्काले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा वेष्ट मिड फिल्डर, पञ्चकन्याका विसन श्रेष्ठ, वेस्ट स्ट्राईकर पञ्चकन्या कै रिवस मास्के, वेस्ट डिफेन्डर न्यु युवा क्लबका मन्जिल खड्का घोशित भए भने उत्कृष्ट गोल रक्षक न्यु युवा क्लबका मनोज गुरुङ भए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यु युवा क्लबका दिपेस थापामगर घोषित भए भने सर्वोत्कृष्ट खेलाडीमा न्यु युवा क्लबका सुमन गुरुङ घोषित भए ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख हाङ्थुम क्लवका पुर्व खेलाडी स्व.लेखमणी जिमिको स्मृतीमा वहाका परिवारले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार पुर्व स्वास्थ्य राज्यमन्त्री दिपक खड्काले प्रायोजन गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic